लैङ्गकि नीति बनाउने प्रतिबद्धता

लैगिक समता मुलक समाज निमार्णका लागि सबै पक्षको सहकार्य हुनु पर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । सबै पक्षको सहकार्य भएमा सबै वर्ग समुदायको पहिचान कायम रहने समाज निमार्ण हुने उनिहरुको भनाई रहेको छ । ंिसा विरुद्धको १६ दिने अभियानको अवसरमा संवाद समुह सचिवालय दाङले आयोजना गरेको लैङिगक नीति र कार्यान्वयनको अबस्थामा विषयक भर्चुवल संबाद कार्यक्रममा लुम्बिनी प्रदेशका सरोकारवालाहरुले यस्तो धारण राखेका हुन् । लुम्बिनी प्रदेशमा लैङिगक नीति र कार्यान्वयनको अबस्थामावारेमा चर्चा गर्दै उनिहरुले आगामी दिनमा यसलाई अझै व्यवस्थीत गर्दै लैजाने प्रतिवद्धता समेत जाहेर गरेका छन् । 
लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुले लैगिक रुपमा हुने विभेदको पुर्ण गर्नका लागि कानुन निमार्ण र त्यसको प्रभावकारी कार्यान्वयनको पक्ष महत्वपुर्ण भएको बताउनु भयो । उहांले लैगिक सवालमा आफुहरु निकै संवेदनशिल भएको भन्दै यसलाई सबैले आफ्नै सवाल ठानेर हेरिदिनु पर्ने धारणा राख्नु भयो ।
सो अवसरमा प्रदेश सभाका सदस्य तथा संसदको कानुन समितिका सदस्य रमा अर्यालले कानुनको कार्यान्वयन गर्ने राज्य पक्षको भएको भन्दै त्यसमा निकै कमिकजोरीहरु रहेको बताउनु भयो । उहांले कानुन संगै सरोकारवाला पक्षमा सकारात्मक सोच चिन्तन र मानसिकता आवश्यक रहेको पनि बताउनु भयो । 
सो अवसरमा प्रदेश सभाका सदस्य दिपा विकले भएका कानुनहरुको कार्यान्वयन तथा नयां वन्ने कानुन निमार्णमा व्यापक छलफल र अन्तरक्रिया गरेर सबैको धारणालाई समेटेर निमार्ण गर्नु पर्ने बताउनु भयो । उहांले प्रदेश सरकारले लैगिंक सवाललाई महत्वका साथमा हेरेरको पनि दावी गर्नु भयो । 
सो अवसरमा  प्रदेश सरकारले निमार्ण गरेका कानुन र त्यसको कार्यान्वयनको पक्षका विषयमा धारणा राख्दै समाजिक विकास मन्त्रालयका समाजिक माहाशाखा प्रमुख शारदा वेल्वासेले सरकारले लैगिक सवाललाई प्राथमिकतामा राखेरै अघि बढेको बताउनु भयो । उहांले गुनासो रहित बनाउन नसकिएपनि सकारात्मक प्रयास स्वरुप कार्यक्रम अघि बढाएको विषयलाई सबैले साथ दिनु पर्ने बताउनु भयो । 
सो अवसरमा स्थानि तहका जनप्रतिनिहिरु, सरकारी कार्यालयका प्रतिनिधिहरु, अधिकारकर्मीहरु, महिला वालवालिका, शारिरिक रुपमा अशक्त, तेस्रो लिंगि समुदाय लगायतका लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा रुकुम पुर्बीको–सिस्न गाउपालिकाका प्रमुख कुमारी वराल, बर्दियाको बढैया ताल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, प्युठान नगरपालिका वडान ७ का सदस्य विन्दु,परियार, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिरिक्षक सुमीत खडका,रोल्पाका महिला अधिकारकर्मी कुमारी रोक्का मगर, रुकुम पुर्बी–गैरसरकारी संस्थाको तर्फबाट  युएनएफका भुवन सिजवाल,महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सचिब लक्ष्मी आचार्य, बांकेबाट ९अल्प संख्यक समुदायका  राहि किधरिया, रुपन्देहीबाट तेस्रो लिंगी समुदायका आनीक राना पाल्पाबाट अधिवक्ता अधिबक्ता गीता शर्मा,गुल्मीबाट दलित महिला संघका कमला वराल,  अपाङ्गको तर्फबाट होमकान्त कडेल,बालबालिकाको तर्फबाट ईशा वली लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संवाद समुह संचिवालयका वरिष्ठ सहजकर्ता  सुशील बस्नेतको संचालन विक्रम खड्काको स्वागत र जुवेदा खातुनको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस