प्रदेश ५ आजबाट लुम्बिनी प्रदेश, राजधानी दाङको देउखुरी

प्रदेश ५ को आजको प्रदेश सभाले प्रदेश ५ को नाम र राजधानी टुंगो लगाएको छ। कानुनमन्त्री कुलप्रसाद केसीको प्रस्तावमा मंगलवार मतदान भएपछि दाङको राप्ती उपत्यका देउखुरीलाई राजधानी बनाउने पक्षमा दुई तिहाई परेको हो। दाङको राप्ती उपत्यकाको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको छ। प्रदेश सभामा ८२ जना प्रदेश सदस्य उपस्थित थिए। यसैगरी प्रदेशको नाम लुम्बिनी भएको छ। नामको पक्षमा ८९, विपक्षमा ४ मत परेको थियो। प्रदेश ५ मा ८७ प्रदेश सभा सदस्य रहेका छन्। त्यसमध्ये नेकपाका ६१, नेपाली काग्रेसका १९, समाजवादीका ६ र जनमोर्चाका १ जना सांसद रहेका छन् । आजको मतदानमा नेपाली काँग्रेसका डिल्लीवहादुर चौधरी, शंकर गिरी, अर्जुन श्रेष्ठ लगाएत ५ सांसदले पक्षमा मतदान गरेका थिए । प्रदेशको नामाकरण र राजधानी तोकिएसँगै प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको सभामुख पूर्ण घर्तीले घोषणा गरे।

प्रतिकृया दिनुहोस