प्रदेशको राजधानी दाङको भालुवाङ नामाकरण लुम्बीनि

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको राप्ती उपत्यकाको भालुवाङमा रहने भएको छ । आज मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने  मत खसेको छ । प्रदेशको नाम लम्बीनि भएको छ । लुम्बीनिको पक्षमा ७९ मत र बिपक्षमा ४ मत खसेको सभामुख पुर्णबहादुर घर्तीमगरले जानकारी दिनुभयोे । विपक्षी दल नेपाली कांग्रेसका १९ जना मध्ये ६ जनाले पक्षमा मतदान गरेका छन् । 
प्रदेश सभामा नेकपाका ६१ सांसद छन् ।
प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए ।

                                 प्रदेश सभासद चौधरी सहित काग्रेसका ६ जनाले पक्षमा मतदान 

राजनीतिक दाउमा राखि नेपाली काग्रेसका ६ जनाले प्रस्ताबको पक्षमा मतदान गरेका छन् । प्रदेश सरकारले प्रदेश सभामा पारितका लागि पेश गरेको दाङको देउखुरीको राप्ती उपत्यकमामा प्रदेश राजधानीका पक्षमा पाटी संसदीय दलले जारि गरेको ह्विपका बिरुद्ध ६ जनाले मतदान गरेका छन् ।
कांग्रेसका १९ मध्ये दाङका डिल्लीबहादुर चौधरी,शंकर गिरी,अर्जुन कुमार श्रेष्ठ लगायत ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् ।  

 

                             प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव –मुख्यमन्त्री  पोखरेल


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताउनुभएको छ ।
अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उहाले बताउनुभयो ।
प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक (राप्ती र लुम्बिनी)  मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’
प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताउनुभयो ।
कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उहाले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गर्नुभयोे ।
‘हामीले त्यो सोचाइ राख्यौं भने विमति हुनुपर्छ भन्ने लाग्दैन’ उहाले भन्नुभयो । प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि पोखरेलले जिकिर गर्नुभयो । उहाले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने पनि उहाले बताउनुभयो ।  उहाले प्रदेश राजधानी सरे पनि प्रदेश सरकार सिंगो प्रदेशभरको हुने भन्दै प्रदेश नेतृत्व नै बुटवलबाट बाहिर जान खोजेको अर्थमा नबुझ्न आग्रह गर्नुभयोे ।
मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीलाई प्रदेशसभाका सबै सदस्यले गर्व गर्ने ठाउँ बनाउने बताउनुभयो ।
पहिल्यै बसाइसराइबाट शहर बनिसकेको ठाउँमा भन्दा भर्जिन ल्याण्डमा व्यवस्थित र नमुना शहर बनाउन खोजेको पनि उनले बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले आफ्नो ठाउँमा राजधानी लगेको भन्ने कुरा पनि गलत भएको जिकिर गर्नुभयो । 


                                         सत्तारुढ दलले पेलेर निर्णय लाद्न खोज्दा तोडफोड ः काग्रेस

नेपाली कांंग्रेसले प्रदेश ५ को राजधानीका विषयमा सत्तारुढ दलले पेलेर आफ्नो निर्णय लाद्न खोज्दा तोडफोड भएको बताएका छन् ।
मंगलबार प्रदेशसभामा बोल्दै विपक्षी दलका नेता वीरेन्द्र कनोडियाले सत्तारुढ दलले बहुमतको आडमा पेलेर जान खोज्दा मुठभेड भएको प्रष्टिकरण दिनुभएको हो ।
‘यदि मुख्यमन्त्रीजीले ३ दिन यो प्रस्तावलाई छलफल गरेको भए यो परिस्थिति निर्माण नै हुने थिएन,’ उहाले भन्नुभयो,‘उहाँहरु मुठभेडमा जानुभयो । बहुमतको दम्भमा पेलेर देखाउँछौं भनेर लाग्नुभयो । संख्यामा सानो होस् चाहे ५ जना होस् चाहे एकजना होस् विपक्षीको सधैं  सम्मान गर्नुपर्छ ।’
सरकारको अदूरदर्शिताका कारण संसदीय मर्यादा विपरीतका घटना भएको कनोडियाले बताउनुभयो । प्रदेशसभामा संसदीय मर्यादा विपरीत भएको तोडफोडको काम दुःखद भएको उनले बताउनुभयो । ‘अब यसलाई विस्मृतिमा राखेर नयाँ संवादको थालनी गरौं’ कनोडियाले भन्नुभयो ।
 

प्रतिकृया दिनुहोस