अब कसैले रोकेर रोकिने अबस्था नै छैन सक्दैन् ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश अव अगाडी बढी सकेको बताउनुभएको छ । आज सोमबार दाङको सिसहनीयामा पुलको उद्घाटनका क्रममा सम्बोधन गर्नुहुदै अब देश अगाडी बढ्ने क्रममा कसैले रोक्न नसक्ने भन्नु भयो । संविधान र प्रणालीको रक्षा गर्ने सरकारको जिम्मेवारी रहेको समेत उहाले बताउनुभयो ।  
उहाँले देशमा सुशासन र विकास ल्याउने भन्दै सुशासन र विकासलाई प्रत्याभुत  गर्दै अगाडी बढाउने समेत बताउनुभयो ।   
उहाँले अहिले देशमा विकासको लहर चलिरहेको  समेत बताउनुभयो ।  
कोभिड १९ ले पनि विकास निर्माणमा रोक्न नसकेको भन्दै उहाँले  केहि प्रतिकुल्ताहरु थपेको भएता पनि आफुहरुले ति प्रतिकुल्ताहरुलाई चिरेर अगाडी बढ्ेको दाबि गर्नुभयो  । 
यसको उदाहरण यो पुल समय मै निर्माण हुनु पनि एक भएको बताउनुभयो । 
प्रधानमन्त्री ओलीले यहि ठाउँमा प्रदेशको राजधानी बन्न लागेको र जसका लागि यो पुल महत्वपूर्ण रहेको बताउनुभयो । 
त्यसैगरी उहाँले यहि ठाउँमा नमुना कलात्मक सिग्नेचर पुल निर्माण हुन लागेको भन्दै त्यस पुलले लुम्बिनीको सुरक्षा हुनुको साथै विकासको नमुना हुने समेत बताउनुभयो ।   राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको  २०७३ मंसिर २२ गते   प्रधानमन्त्री  भएको बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’  शिलान्यास गर्नुभएको थिए । 
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । 
चौडाइ साढे १० मिटर छ  उक्त पुल करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको  हो । पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४  महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । 
उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो ।  राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै  आएका थिए ।   ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्ने गर्दथे ।  
त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो यो पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन । 
लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ । राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ । 
बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा  रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको  लम्बाई १ हजार १५ मिटर छ ।
 

प्रतिकृया दिनुहोस