स्मार्ट सिटी निर्माणका लागि कार्ययोजना अगाडी वढेको छ ः पाण्डे 

माघ ११ दाङ । ३ वर्ष अघि प्रतिवद्धता गरेका चुनावी एजेन्डा अनुरुप काम भईरहेको  तुलसिपुर उपमहाँनगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वताउनुभएको छ । रिपोटर्स क्लव दाङले आज आईतवार तुलसिपुरमा आयोजना गरेको साक्षत्कारमा प्रमुख पाण्डेले नियमित हवाई सेवा देखी खरको छाना विस्थापन,मातृ मृत्युदर सुन्य र विकास निर्माण, स्वास्थ्य, शिक्षामा सफलता हासिल हुदै गएको वताउनुभएको हो । साथै उहाँले स्मार्ट सिटी निर्माणका लागि कार्ययोजना अगाडी वढेको पनि  जानकारी दिनुभयो ।

यसैविच नेकपा केपी शर्मा वली पक्षका केन्द्रिय सदस्य समेत रहेका पाण्डेले अहिले देश नयाँ ढंगले अगाडि वढिरहेको वताउनुभयो । उहाँले भन्नुभयो प्रधानमन्त्रीको यो निर्णय उपयुक्त छ अव निर्वाचनमा जानुको विकल्प छैन संसद पुनस्थापना हुदैन । नेपालको राजनितीमा यस्ता खालका षडयन्त्रमुलक दुर्घटना विगतदेखी नै भईरहेकोमा जोड दिदै पाण्डेले कुनैपनि देशको वहुमत प्राप्त सरकार जनतासामु जान पाउने अधिकार भएको वताउनुभयो । उहाँले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकोले आधिकारिक पार्टि पनि उहाँको पक्ष नै भएकोमा जोड दिदै नेकपा माधव प्रचण्ड समुह कमजोर भएको वताउनुभयो । 

कार्यक्रममा भुमि समस्या समाधान आयोगका सदस्य शोभाराम वस्नेतले शुद्ध सुकुम्वासिहरुले अव छिटटै लालपुर्जा पाउने वताउनुभएको छ । वस्नेतले हजारौं मानिसको अव्यवस्थित वसोवास भएको वताउदै उनिहरुको समस्या समाधानका निम्ती आयोगले काम सुरु गरिसकेकोले यो समस्या अव समाधान हुनेमा जोड दिनुभयो । आयोगले सातै प्रदेशका विभिन्न १ सय ३२ पालिकामा रहेका भुमिहिन , अव्यवस्थित, दलित र सुकुम्वासीलाई प्रक्रिया पुर्याएर जग्गा प्रदान गर्न लागेको हो ।  

वस्नतेका अनुसार लुम्विनी प्रदेशका दाङको ववई गाँउपालिका र रुपन्देहीको कञ्चन गाँउपालिका वाट काम भैरहेको वताउनुभयो । भने आयोगले ३५ पालिका लाई फारम भर्ने सुचना जारी गरेको छ । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महाँसचिव विमल गौतमले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस