बबई नदी वरिपरि सरसफाई 


माघ ९ दाङ ।  किवानिस क्लब अफ राप्तीले आज शुक्रवार एक कार्यक्रमका विच तुलसीपुर ११ शितलपुरमा रहेको बबई नदी वरिपरि सरसफाई गरेको छ । किवानिस क्लब अफ राप्तीका अध्यक्ष बिमल पोख्रेलको अध्यक्षता एवं तुलसिपुर उपमहाँनगरपालिकाका उप प्रमुख मायाँ शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शर्माले सामाजिक सेवाभावका साथ गठन भएको किवानिस क्लवले सामाजिक दायित्ववोध गर्दै आगामी दिनहरुमा पनि सामाजिक कार्यक्रममा क्लवको भुमिका उदाहरणीय बन्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष चित्रबहादुर वलिले शबदाह व्यवस्थापनका लागी वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै व्यवस्थित सवदाह निर्माणका लागी वडावाट केहि वजेट विनियोजन गरिने वताउनुभयोे । कार्यक्रममा महिला अधिकारकर्मी सुस्मा गिरीले यो कार्य महत्वपुर्ण सिकाई भएको बताउदैँ यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । 
क्लवले मानविय सेवा भावका साथ शबबहान खरिददेखि सार्वजनिक स्थानमा शौचालय बनाउने,तुलसीपुर बजारमा पैदल हिड्ने बटुवाहरुलाई फिल्टर गरिएको पानी निशुल्क खुवाउने लगाएतका कार्यकम गर्ने योजना रहेको जनाएको छ । क्लवका वरिष्ठ उपाध्यक्ष भुपाल रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लवका सदस्य नरेन्द्र वलिले गर्नुभएको थियो ।
सो अवसरमा स्थानीयवासी,जनप्रतिनिधी,सुरक्षाकर्मी,सञ्चारकर्मी,अधिकारकर्मी लगाएतकाको सहभागीता रहेको थियो ।  किवानिस क्लव सामाजिक सेवा गर्ने उद्येश्यका साथ तुलसिपुरमा भर्खरै गठन भएको हो ।

प्रतिकृया दिनुहोस