बिश्वसाईकिल यात्री शाहीलाई दाङमा भब्य स्वागत

कोभिड –१९ का कारण कम्जोर बनेको आन्तरिक पर्यटनलाई माथि उठाउने उदेश्यले बिश्वसाईकल यात्रीको रेर्कड राखेका पुस्कर शाहीको १३ सदस्यीय साईकल यात्री दाङमा आाएको छ । स्वस्थ्य र सुरक्षीत हुन सके कोरोना संक्रमण बाट सुरक्षित हुन सक्ने र पर्यटन प्रर्बद्धन गर्न सकिने सन्देश दिन सुदुरपश्चिमको महाकालीबाट पूर्बी नेपालको ईलाम पुग्ने शाहीले बताउनुभयो । दाङमा गरिएको स्वागत कार्यक्रममा बोल्नुहुदै शाहीले साईकिल यात्रा शुरु गरेको ५ औ दिन दाङको तुलसीपुरमा आईपुगेको र पुर्बी नेपालको ईलाम सम्प पुग्दा २४ जिल्लामा आन्तरिक पर्यटन प्रर्बद्धनको सन्देश दिने बताउनुभयो । २२ दिने साईकल यात्रको लागि नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्बद्धनका लागि सहयोग गरेको जानकारी दिनुभयो । कोरोनाका कारण सबैभन्दा बढी होटलहरु मारमा परेको उहाले बताउनुभयो । 
होटल करिव करिव सुनासान झै छन् । अव लुकेर डराएर हुदैन, कोरोनासँग सुरक्षित भएर पर्यटन प्रर्बद्धन गर्नुपर्छ,उहाले भन्नुभयो ।
महाकालीबाट दाङ प्रबेश गरेका शाही नेतृत्वको टोलीलाई दाङका साईकिलष्टहरुको युवा समूहले शनिबार दाङ र बाँकेको सीमाबर्ती अमिलियामा स्वागत गरेका रेश्मीराज अधिकारीले जानकारी दिनुभयो । आज बिहान तुलसीपुर प्रबेश गरेको शाहीको टोलीलाई तुलसीपुर स्थीत मिलिनियम फेन्सीका प्रोपाईटर बिनोद श्रेष्ठले खादा ओढाई सम्मान गर्नुभएको थियो । 
यसैसँगै तुलसीपुर उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले राप्ती शान्ति उद्यानमा स्वागत तथा सम्मान कार्यक्रम राखिएको बताइएको छ । शाहीको नेतृत्वको साईकल यात्री टोली आजै घोराही हुदै धार्मीक स्थल स्वर्गद्धारी जाने र उतैबाट पूर्बी नेपाल प्रस्थान गर्ने बुझिएको छ ।
 

प्रतिकृया दिनुहोस