बिभिन्न मूलुकबाट तुलसीपुरमा आएका पौने तीन सयको खोजी गरिदै

बिभिन्न वडामा भारत लगायत बिभिन्न मूलुकबाट फर्किएका झण्डै पौने ३ सय जना नागरिकको तुलसीपुर उपमहानगरपालिकाले खोजि गर्ने भएको छ ।
उपमहानगरपालिका भित्र २८१ जना भारत लगाएत बिभिन्न मुलुकबाट हालै घर फर्किएकोे जानकारी प्राप्त भएकाले उनीहरुको खोजी गरी होम कोरेन्टाईन र विशेष कोरेन्टाईनमा बस्ने व्यबस्था उपमहानगरपालिले मिलाउने भएको छ ।
उपमहानगरपालिकाकाले लकडाउनलाई अझै प्रभावकारी बनाउने निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुको सहभागितामा सम्पन्न बैठकले उपमहानगरपालिकाका सम्पूर्ण वडाका ज्याला मजदुरी गरि खाने बिपन्नको घरपरिवारको सूचि तयारगरी वडा अध्यक्षको संयोजकत्वमा सर्बदलिय समयन्त्र बनाएर एकद्वार प्रणालीबाट राहात ब्यबस्थापन गर्ने, कृषि तथा पशुपालन र कुखुरा पालक किसानका स्मस्या समाधान गर्न आबश्यक पहल गर्ने, खाद्यान्न, औषधि तथा अतिआबश्यकिय सामग्रीको अभाव हुन नदिन समन्वयमा उपमहानगरपालिकाले गर्ने छ । 
मेयर बिपत ब्यबस्थापन कोषलाई कोरना बिपत ब्यबस्थापन मा प्रयोग गर्ने सोको लागि उपमहानगरपालिकाले ५० लाख रुपैया छुट्टाउने र शिक्षक, कर्मचारी, उद्द्योगी, ब्यापारी र सहयोगीहरुलाई उक्त कोषमा जतिसक्दो सहयोग गर्न अनुरोध गर्ने, खाद्यान्न बितरणलाई ब्यबस्थित र एकद्वार प्रणालीबाट गर्न तुलसीपुर फुड बैङ्क सन्चालन गर्ने उपमहानगरपालिको जनाएको छ ।

प्रतिकृया दिनुहोस