१३ लाख फिरौत रकम माग्ने थप एक जना आज पक्राउ

१३ लाख रुपैयाँ फिरौती रकम माग्ने घटनामा संलग्न आज बिहीबार थप एक जना पक्राउ परेका छन् । पिस्तोल सहित प्रहरीले दाङको घोराहीबाट हिजो बुधबार बेलुकी पक्राउ परेका रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाइले दिएका बयानका आधारमा रोल्पा रून्टिगढी गाउँपालिका वडा नं. ४ मसिना बस्ने ३२ बर्षिय नरेश चन्द ठकुरीलाई आज बिहीबार पक्राउ गरीएको हो ।
ठकुरीले फिरौती रकम लिन पठाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपछी तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । १३ लाख रुपैयाँ फिरौती रकम माग्ने रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाई एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकल सहित दाङमा पक्राउ गरेको थियो ।
राजकुमारले एक हप्ताअघि घोराही उपमहानगरपालिकाको वीपी चोकका एक व्यक्तिसँग १३ लाख रुपैयाँ फिरौती मागेको र ३ लाख रुपैयाँ दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । ती व्यक्तिले राजकुमारले आफूसँग फिरौती रकम मागेको जानकारी प्रहरीलाई गराएका थिए । फिरौती रकम बापतको ३ लाख नक्कली रुपैयाँ लिन आएको अवस्थामा राजकुमार पक्राउ परेको प्रहरीले जनाएको छ ।
राजकुमारले को व्यक्तिसँग फिरौती रकम मागेका हुन् भन्ने बारे प्रहरीले खुलाएको छैन । 
 

प्रतिकृया दिनुहोस