बन्धक बनाई अस्लील चित्र बनाई रकम माग गर्ने ३ युवालाई नियन्त्रणमा लिन गोली प्रहार

चमेरे गुफाबाट फर्कदै गरेका महिला र एक पुरुष जोडिलाई बन्धक बनाई अस्लीलता प्रकट हुने भिडियो बनाई ५ लाख रुपैया माग गर्ने समूह मध्ये ३ जनलाई नियन्त्रणमा लिन आज सोमबार बिहान दाङ प्रहरीले गोली चलाउनु परेको छ ।
तुलसीपुर उप महानगरपालीका वडा नं.३ खमारी स्थित चमेरे गुफा घुमफीर गरी रा ४ प.६०८३ नं.मोटरसाईकल चढी फर्कदै गरेका बर्ष ४६ का पुरुष र २९ बर्षिया महिलालाई अपहरण गरी सड्क खण्ड देखि ५० मिटर माथी टाकुरामा लिई गई कुटपिट गरी डर त्राश देखाई अश्लिलता प्रकट हुने प्रकारको भिडीयो वनाई ५ लाख रुपैया नदिए सामाजीक सञ्चालनमा सार्बजनिक गरिदिने धम्की दिने ५ जना मध्ये ३ जनालाईलाई गोली प्रहार गरि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एबम प्रहरी नायव उपरिक्षक हरिहर योगीले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरिक्षक योगीका अनुसार आज सोमबार बिहान साँढे ७ बजे तुलसीपुर ३ खमारी क्षेत्रमा परिचालित भएको प्रहरीले उक्त घटनामा संलग्न मध्ये तुलसीपुर उपमहागरपालिका वडा नम्वर ३ खमारी निवासी १९ बर्षीय विमल वली, सोही ठाउँ निवासी १९ बर्षीय नविन नेपाली र २६ बर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायरिङ गर्नु परेको हो । तुलसीपुर ३ कै २३ बर्षीय इश्वर पुन र २० बर्षीय अर्जुन पुन फरार छन् । उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।
उक्त दिन ती युवाहरुले उक्त जोडीका साथमा रहेको सवारी चालक अनुमति पत्र,२ थान मोवाईल समेत खोसेर लगेका थिए । साथै बन्धक बनाएर अस्लिल भिडियो बनाएको र त्यो सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैंया माग्दै आएका थिए ।
 

प्रतिकृया दिनुहोस