सिंहदरवार डाँडामा बसेर कहिले आउछ,हेर्ने दैनिकी भईसक्यो ः महतेनीखोलाबासी

भारतिय सीमावर्ती दाङको राजपुर गाँउपालिकाका बासीन्दाहरुले सिंहदरवार गाँउ सम्म भन्ने थेगो सुनेको बताउँछन. । तर सिंहदरवार गाँउ सम्म कहिले आउला भनेरे डाँडापारि तर्फ हेर्ने दैनिकी भईरहेको बताएका छन् । सिंहदरवार गाँउ सम्म भन्ने बित्तिकै राज्यबाट पाँउने सुबिधा भन्ने बुझिन्छ । महिला स्वयमसेवीका समेत नभएको राजपुर गाँउपालिका वडा नम्वर ५ का जंङग्रवा, हतेवा, सिम्लखुट्टी, सोमैथान, माजगाँउ, कुुशुवा, पण्डीतबासे, धारपोखरी, भण्डारी खोला  लगायतका १२ बढी टोलमा स्वास्थ्य,राम्रो बिद्यालय,सञ्चार र सडकको पहुँच नै नभएको जनज्योति प्राथमिक बिद्यालय महतेनीखोलाकी शिक्षिका कौशिला वली भण्डारीले भन्नुभयो । बिद्युत सेवा नभएकै कारण तेलहन,खाद्यन्न र दलहनको कुटानी,पेलानी र पिसानीका लागि समेत झण्डै ३ घण्टा हिडेर राजपुरको सुगम क्षेत्रमा आउनुपर्ने बाध्य छन. । बिरामी परे यहाका बासीका लागि डोको र खटीयालाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने चलनै भई सकेको सुशीला पुनले भन्नुभयो । स्वास्थ्यकर्मी भन्ने सुनेका हौ,महिला स्वयमसेवीकाले जुकाको औषधि लिएर आएकी छु भन्नुभएको थियो । उतैपारिबाट एक दुई पटक आए जस्तो लाग्छ,उहालाई नदेखेको पनि बषौ भयो । स्थानिय मनसर घर्तीसग मोवाईल नम्वर दिन मिल्छ,भन्दा यो देखाउन सम्म मिल्छ,मोवाईल नम्वर दिएर के गर्नुहुन्छ भन्ने प्रतिक्रिया थियो । तपाईहरुले चाहेर फोन गर्न मिल्ने भए त किन यो अबस्था हुन्थ्यो । तपाईहरुको सम्झना आयो भने पल्लो डाँडामा जान्छौ, मोवाईल गछौ,बरु तपाईको मोवाईल नम्वर हामिलाई दिए काम लाग्ला उहा भन्नुहुन्छ । ८२ घरधुरीको ती बस्तीका लागि बिद्युत पोल पनि गाडी सकेका छन् । तर बिद्युत तार जडान गर्न भने बाँकी नै छ । सडकको ट्रयाक खोलिएका छ तर अझकल्टो छ । चुरे पहाडको काखमा बस्ती बसेका यी टोलमा सडक बिस्तारमा कानुनी प्रक्रियाले अबरोध हुन गएको स्थानियहरुको गुनासो छ । 

प्रतिकृया दिनुहोस