२५ टन भार क्षमताका सडकमा २०० टन गुढदा कम्जोर बन्दै
घोराही लमही सडकखण्डमा सडकको केही भागमा क्षति पुग्दा आवगमनमा असजिलो भएको छ ।
लमही नगरपालिका वडा नम्वर ६ कुलमोहर देखि झण्डै दुई किलो मिटर अगाडी सडकको छेउको भाग भासीएको छ ।
किनारामा पहिरो गएको कारणले झण्डै १३ मिटर भत्कीएकको छ भने कम्तीमा पनि २० मिटर सडकमा क्षति पुगेको छ ।
हालको अबस्था अनुसार २५ लाख बढी खर्च आउने देखिएको छ । सडकमा क्षति हुनुका बिभिन्न कारण हुन सक्ने डिभिजन सडक कार्यालय घोराहीले जनाएको छ ।
सडकको आयु ३५ बर्ष बढी हुनु,सडकको क्षमताभार २०/२५ टन मात्र भएकोमा ५० टन सम्म ढुवानी भएका साधन सञ्चालन हुन,ठुला मेसीन ढुवानी गरेका २ सय टनका गाडी कहिलेकाही चल्नु,नियमीत बर्षाका कारणले पनि उक्त सडकमा क्षति पुगेको हुन सक्ने डिभिजन सडक कार्यालय घोराहीका सव–ईन्जीनियर महेश बिकले जानकारी दिनुभयो ।
सडकमा क्षति पुगेपछि एकतर्फ आवगमन गराएको छ ।
फोरलेनको सडक निर्माणको कार्यशुरु हुन गएकाले निर्माण कार्य पनि सोही ठेकेदार कम्पनिले गर्ने डिभिजन सडक कार्यालयले जनाएको छ ।
सडकको क्षतिको बारेमा प्रारम्भिक अध्ययन गर्न डिभिजन सडक र फोरलेन सडक निर्माण कम्पनिको प्राबिधिक टोलीले गरिसकेको छ ।
फोरलेन सडक निर्माण कम्पनिले मर्मतको कार्य एक दुई दिन पछि हुने डिभिजन सडक कार्यालयले गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस