लकडाउनले नीजि बिद्यालयका शिक्षक आर्थिक मारमा

लकडाउनका कारण विद्यालयहरु संचालन नहुदाँ लाखाँै विद्यार्थीहरु घर मै बसेका छन् । भने  त्यहि विद्यालयमा कार्यरत शिक्षकहरु पनि उति कै समस्यामा छन् । 
झण्डै ४ महिना सम्म शैक्षिक संस्था समेत बन्द हुने गरी भएको लकडाउनका कारण नीजि बित्रद्यालयका शिक्षकहरु मर्कामा परेका छन् । बिद्यालय लामोसमय सम्म बन्द हुदा पारिश्रमीक पाएका छैनन । जसका कारण आफ्नो र आश्रीत परिवारको जीवन धान्न गाह्यो भएको छ ।
दाङमा २ सय २३ वटा नीजि बिद्यालय छन् । ती बिद्यालयमा कम्तीमा ३ हजार ५ सय शिक्षक कार्यरत छन् ।
जिल्लामा नीजि बिद्यालयमा  १ लाख २२ हजार बढि विद्यार्थीहरुले अध्ययन गर्दै आएका प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष मधुशुदन केसीले बताउनुभयो ।
लकडाउनका कारण शैक्षिक संस्था करिव ४ महिनादेखि बन्द छन् भने नीजि बिद्यालय समेत बन्द हुदा पारिश्रीमक पाउने अबस्था नै भएन सप्तरंङगी बोर्डिङ स्कुलका प्रिन्सपल छवीकुमार वलीले बताउनुभयो ।
पारिश्रीमक दिने पैसा स्कुलसँग नहुने र शिक्षकहरुले दैनिकी चलाउन समस्या भएको वलीले बताउनुभयो । 
शिक्षकहरु मात्र नभई लकडाउन कारण लाखौँ विद्यार्थीहरुको भविष्यमा समेत  असर परेको छ । 
लामोसमयदेखि शैक्षिक संस्था बन्द हुदा अध्ययन गर्ने बानि नै बिग्री सकेको कक्षा १० मा अध्ययनरत छात्रा कृति गिरीले बताउनुभयो । 
बिद्यालयले सञ्चालन गरेको अनलाईन कक्षामा ३ महिना सम्म सहभागि भए तर त्यसको प्रभाबकारिता छैन गिरीको भनाई छ ।
एन प्याब्सन दाङका जिल्ला अध्यक्ष विमल गौतमले बैकल्पीक उपायकको खोजी गर्न सरकारसँग माग गर्नुभयो । सामाजिक दुरी कायम गरेर हुन्छ या विहान र दिउँसोको समयमा जोर विजोर प्रणाली लागु गरेर भएपनि शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने सुझाब दिनुभयो ।
सरकारले दिएको कोर्ष पुरा गर्न अब नसकिने भएकाले नयाँ पात्रो जारी गरी विदा कटौति गर्नु पर्ने बताउनुभयो । 
सरकार र नीजि बिद्यालय बिच सहमति हुन नसक्दा बैकल्पिक शिक्षण सिकाई मार्फत शैक्षिक गतिबिधि सञ्चालन गरिरहेका नीजि बिद्यालयहरुले साउन १ गते अनलाइन कक्षा बन्द गरेका छन् । तर सामुदायिक बिद्यालय तर्फ भने टेलिभिजन,रेडियो,घुम्ती कक्षा भने सञ्चानल भईरहेका छन् । ४ सय २१ वटा सामुदायिक बिद्यालय सञ्चालन भएको दाङमा  ३८ वटा मर्जर गरीएको छ ।
दाङका बिकट तथा ग्रामीण क्षेत्रमा रेडियो ८० प्रतिसत,टेलिभिजन १६ प्रतिसत र ईन्टरनेट ४ प्रतिसत पहुँच रहेको यो सर्वेक्षणले देखाएको छ ।
 

प्रतिकृया दिनुहोस