सवारी साधानका नक्कली कागजात बनाउने समूह दाङमा पक्राउ

मोटरसाईकल चोरीको आरोपमा दाङमा १४ जना ब्यक्तित प्रक्राउ परेका छन् । 
बिभिन्न स्थान र मितिमा मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरि आज आईतबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । 
पक्राउ पर्नेमा घोराही उपमहानगगरपालिका वडा नम्वर १४ का २३ बर्षिय समिर सुनार,२१ बर्षिय सुवास सार्की,वडा नम्वर १६ बस्ने २१ बर्षिय सागर हमाल,वडा नम्वर १४ का ३५ बर्षिय केन्द्रबहादुर डाँगी,लमहीनगरपालिका वडा नम्वर ७ का २५ बर्षिय प्रकास चौधरी,राजपुर गाँउपालिका वडा नम्वर २ बेलाका २२ बर्षिय आयोज चौधरी, रहेका छन् । 
त्यस्तै,राजपुर गाँउपालिका वडा नम्वर २ का २२ बर्षिय प्रियतम चौधरी,लमही नगरपालिका वडा नम्वर ७ का २५ बर्षिय पाल्टुराम चौधरी,राजपुर २ का २७ बर्षिय रविप्रताप यादव,सोही ठाँउका २७ बर्षिय राजकुमार यादव,घोराही १७ का २३ बर्षिय निरज योगी,घोराही १३ का १८ बर्षिय संजय परियार,लमही ७ का २४ बर्षिय धनिराम चौधरी र लमही ७का २७ बर्षिय हेमन्त गिरीलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।
यातायात ब्यबस्था कार्यालयको कर्मचारीको मिलोमतोमा नक्कली ब्लुबुक बनाउने समूहलाई समेत पक्राउ गरेको छ ।
प्रहरीले आज आईतबार गरेको पत्रकार सम्मेलनमा यातायाता ब्यबस्था कार्यालय तुलसीपुरका कार्यालय सहयोगी तुलसीपुर ४ बस्ने ४८ बर्षिय कृष्णप्रसाद खनाल र तुलसीपुर ६ का २१ बर्षिय अब्दुल हफिस सिद्धिकी,वडा नम्वर ५ का चक्रबहादुर वली,वडा नम्वर ६ का ३७ बर्षिय जिवन पोख्रेल र सोही ठाँउ बस्ने ३२ बर्षिय बिष्णु घिमिरेलाई सार्वजनिक गरेको हो । 
सरकारी छाप समेत कृर्ते बनाई नक्कली ब्लुबुक समेत बनाई रहेको सूचनको आधारमा ती ४ जनालाई लु ४६ प ३५४१  नम्वरको सवारी दतर्ता किताव,प्रदेश सरकार प्रदेश नम्वर ५ भौतिक पुर्वाधार मन्त्रालय यातायात ब्यबस्था कार्यालय दाङ लेखेको छाप थान १,शाखा अधिकृतको छाप थान १,बिभिन्न ब्यक्तिहरुको नागरिकताको प्रमाण पत्र,सवारी चालक अनुमति पत्र,पुराना ब्लुबुक,निरोगिताको दस्तखत र छाप हानेको कागजहरु सहित पक्राउ गरी सरकारी छाप दस्तखत कृत्ते मुद्धा दर्ता गरीएको दाङका प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिनुभयो । यस्तै गत जेठ २६ गते दिँउसो साँढे १२ बजेतिर गढवा गाँउपालिका वडा नम्वर १ जेठानगाँउ स्थित राप्ती नदीको बगरमा बज्रगुुरु कन्ट्रक्सनले पाकिङ गरेका २ वटा स्काईभेटर सहित ६ वटा सवारीका साधानमा आगजनी गर्ने तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ बिजौरी बस्ने ४० बर्षिय नेकपा बिप्लप समूहका जिल्ला सदस्य मदन केसीलाई प्क्राउ गरिएको छ । केसीमाथि आबश्यक अनुुुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस