अदालतको आदेशमा रिहाई भएका प्रहरीबाट पुन पक्राउ

धरौटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले हिजो बुधबार अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ । बुधवार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिइएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी धरपकडका कारण केहीबेर अदालत परिसरका सर्वसाधारणहरु त्रस्त बनेका थिए ।गएको असोज ३० गते दाङका्जि राजपुर गाउँपालिकाको जङ्गलबाट नियन्त्रणमा आएका २१ जनामध्ये चार जना बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए ।
जिल्ला अदालतले गएको पुस ७ मा पक्राउ परेका २१ जनालाई नै १५र१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर प्रहरीले फेरि अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरु गएको पुस ७ गते धरौटी नबुझाइकन कारागार चलान भएका थिए । 
जिल्ला अदालतको आदेशअनुसार उनीहरु चार जनाका परिवारका सदस्य धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए । उनीहरुका परिवारका सदस्य अदालत पुग्नासाथ अदालत परिसरमा प्रहरी सख्या बढाइएको थियो ।
आफन्तहरुले धरौटी बुझाएपछि रिहा हुनै लाग्दा प्रहरीले दर्ता चलानी कक्ष बाहिरबाटै उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

प्रतिकृया दिनुहोस