राजनीतिक दलको संरक्षणले ठेकदारले समयमै काम पुरा गर्दैनन् ः मुख्यमन्त्री पोख्रेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ठेकदारलाई संरक्षण गरेकै कारण पुल निर्माणले गति लिन नसकेको गुनासो गर्नुभएको छ  । पश्चिम दाङको बबई गाउँपालिकाले निर्माण गरेको बहुउदेश्य सभाहलको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले सञ्चारककर्मीलाई नै थाहाँ नभएको खुल्लासा गर्छु भन्नुुहुदै घोराहीको कटुवाखोला पुल र पत्रे खोला पुलको ठेक्काको जिम्मा लिएका एउटै ठेकदार भएको बताउनुभयो ।
मुुख्यमन्त्री र सभामुखले दाङको विकास निर्माण गरेनन भनेर भन्नुको अर्थ नरहेको र ठेकेदार संरक्षण गर्ने पक्षलाई राम्रोसंग चिन्न पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । विकास निर्माणका काममा गति ल्याउनका लागि निर्माण सम्वन्धि ऐन, नियम संशोधनको तयारी भई रहेको जानकारी दिएका पोख्रेलले यसका लागि सरोकारवालासंग छलफल चलिरहेकोे बताउनुभयो । सुर्खेत जोड्ने सडकको स्तरोन्नती लगायतका विभिन्न विकास निर्माणका कामवाट पश्चिम दाङको मुहार फेरीने उहाले दावी गर्नुभयो । मुख्यमन्त्री पोख्रेलले उद्घाटन गर्नुभएको उक्त सभाहल प्रदेश सरकारको आर्थिक बर्ष २०७५/७६ को बिनियोजित बजेट ६० लाख मध्ये ५८ लाख ३४ हजार ७ सय ५७ रुपैयाको लागतमा निर्माण सम्पन्नको हो । सभाहलको शिलन्यास २०७५ कार्तिक ४ गते गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस