समान कामको समान ज्याला अझै पनि पाएका छैनन्

समान कामको ज्यालामा पूरुष सरह लागुहुन नसकेको महिलाहरुले गुनासो गरेका छन् । समान कामकोसमान ज्याला भन्ने नाराका साथ आज मार्च ८ तारिकको दिन मनाएको १०९ औ अन्तराष्ट्रिय नारी श्रमीक दिवसको सन्र्दभमा तुलसीपुरमा आयोजना गरिएको बृहत सभामा श्रमीक महिलाहरुले अझै पनि ज्यालामा बिभेद भएको बताएका छन् । श्रमीकहरुले अझैपनि समान ज्याला पाउन नसकेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष हरिकला वलीले बताउनुभयो । गाँउघरमा बिभेद गरिन्छ,यसको अनुगमन राज्यले गर्नुपर्ने हो तर अझै पनि चासो देखाईएको छैन,महिला अधिकारकर्मी प्रभा खड्का र कमला जिसीको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजनमा गरिएको बृहत सभामा राष्ट्रिय सभाका सदस्य कोमल वलीले छोरीलाई शिक्षा दिक्षा दिनुपर्ने बताउनुभयो । शिक्षा,सीप र दक्षता बिनाको छोरी अपहेलीत हुने गरेको द्धष्टान्त उहाको छ । समान कामको समान ज्याल प्राप्त अधिकार हो,तर हामी महिलामा ज्ञान सीप र दक्षता पनि हुनुपर्छ । 
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले महिलाहरुलाई अधिकार प्राप्तीको लागि पहिलो काम संगठीत हुनुपर्ने सुझाब दिनुभयो । संगठीत हुनुहोस् र सीपको विकास गर्नुहोस् मेयर पाण्डेको सुझाब छ । उपमहानरपालिकाले महिलाहरुका लागि केही महत्वपूर्ण काम गरि रहेको जानकारी दिनुभयो । स्थानिय सरकार गठन सगसगै गत आर्थिक बर्षमा १५ सय २ जना सुत्केरी महिलाहरुलाई सुत्केरी भत्ता र चालु आर्थिक बर्षको यो अबिध सम्म करिव ९ सय जनालाई सुत्केरी भत्ता दिई सकेको जानकारी दिनुभयो । उहाले दलित समूदायकी १९ जना छोरीलाई छात्रबृत्तिमा प्राबिधिक शिक्षाको अध्ययन गराई रहेको बताउनुभयो ।तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको अध्यक्षतमा भएको सो अवसरमा संबिधान सभाका सदस्य अनारकली मिँया,युवा संघ ५ नम्वर प्रदेशका संयोजक मनोहर बुढाथोकी,नेकपाका नेता कृष्ण भूषाल,नेपाली काग्रेस तुलसीपुर नगरकमिटिका कार्यबाहक सभापति भीमप्रसाद भण्डारी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत,ब्रह्माकुमारीज ईश्वरीय बिश्वबिद्यालय राप्तीका प्रमुख गीता न्यौपाने,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका निर्वतमान अध्यक्ष सुष्मा गिरी,ओरेक नेपालका सरीता थापा,जेष्ठ नागरिक तुलसीपुर नगरकमिटिका अध्यक्ष ललीतबहादुर वली लगायतले संबिधानमा गरिएको महिला हक,महिला अधिकार,जटिलता र अवसरका बारेमा चर्चा गर्नुभएको थियो । त्यसअवसरमा कार्यपालिका सदस्य जानका रेग्मीले महिलाको वर्तमान अबस्था,अवसर र चुनौतिका बारेमा आधार पत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा महिला शसक्तीकरणका लागि कलम चलाउने रेडियो तुलसीपुरका सह –सम्पादक,पत्रकार सर्मीला डिसीलाई सम्मान गरिएको छ । त्यस्तै पत्रकार नारायणी रजौरे,निराला गैरे अर्याल,सुधासुमन ढकाल र अञ्जना चौधरीलाई सम्मान गरिएको छ । उद्यमी,महिला अधिकारकमी,राजनीतिकर्मी,श्रमीक लगायतलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सहभागि भई उत्कृष्ठ झाकी प्रस्तुत गर्ने समाजसेवी आमा समूह प्रथम, सिद्धेश्वरी महिला सहकारी संस्था दोस्रो,ब्रह्माकुमारीज तेस्रो र बेस सु–आहारा सान्त्वना भएका छन् । प्रथम,द्धितीय,तृतिय र सन्त्वना भएका समूहलाई नगद सहित पुरस्कृत गरिएको थियो ।कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य युवा करारा,धन्यबाद ज्ञापन कार्यपालिका सदस्य देवराज बिश्वकर्मा र सहजीकरण महिला,वालवालिका तथा जेष्ठ नागरिक शाखा कार्यालय तुलसीपुरका माया श्रेष्ठले गर्नुभएको थियो । त्यसघि तुलसीपुरका बिभिन्न टोलमा ¥याली निकालिएको थियो ।यस्तै मेरीगोल्ड बोर्डिङ स्कुल तुलसीपुर ७ श्रीगैले आज एक कार्यक्रमकाबीच १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको   छ ।बिद्यायालयका प्रिन्सिपल बासुदेब रिजालको सभापतित्व एबं बिद्यायलयकी शिक्षीका रन्जना लामीछानेको प्रमुख आथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा शिक्षिका पुजा रिजाल,शिक्षीका रस्मी बस्नेत,कक्षा १० मा अध्यनरत छात्रा लक्ष्मी रेग्मी,लगायतले महिला अधिकारको बारेमा चर्चा गर्नुभएको थियो । कर्यक्रमको सहजिकरण  शिक्षक सोमराज बस्नेतले गर्नु भएको शिक्षक बिपीन आचार्यले जानकारी दिनु भएको छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् ।
 

प्रतिकृया दिनुहोस