बाँकेको नरैनापुर गाँउपालिकामा निषेधित क्षेत्र घोषणा, सेना परिचालन हुने

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । सो गाँउ पालिकामा अब सेना परिचालन गरिनेछ । कोरोनावाट संक्रमितको संख्या वढ्दै गएपछि तथा कोरोना नियन्त्रणका लागि भैरहेका प्रयासहरु विरुद्ध स्थानीयको अवरोध पछि यस्तो घोषणा गरिएको हो । यसैवीच कोरोना कहर विस्तार हुँदै जाँदा मुलुकभर संक्रमित हुनेहरुको संख्या ६०३ पुगेको छ भने प्रदेशस्तरमा संक्रमण हुनेको संख्या प्रदेश ५ मा २८१ पुगेको छ । आजमात्रै रुपन्देही, कपिलबस्तु र गुल्मीमा ८ जना थपिएका छन् ।

निको भइ घर जानेमा मुलुकभर ८७ जना छन् । रुपन्देहीका ३ ,कपिलवस्तुमा ३ जना, गुल्मीका १ जना सहित १९ संक्रमित भेटिएका हुन् । नेपालमा संक्रमित हुने कुल संख्या ६ सय ३ पुगेको छ । जसमध्ये ५ सय २४ पुरुष रहेका छन् । प्रदेश नं ५ का ७ जिल्लामा २ सय ८१ जना संक्रमित रहेका छन्

प्रतिकृया दिनुहोस