दक्षिणा माग्ने कुरामा वल नगर्न स्थानिय प्रशासनको आग्रह

तोकेको समय सम्म मात्र देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालय दाङले अनुरोध गरेको छ ।देउसी खेले पनि दक्षिणा माग्ने कुरामा कर बल नगर्न पनि आग्रह गरेको निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।जिल्ला प्रहरीले १६ वटा बिभिन्न अनुरोध सहितका बुँद्धा उल्लेख गरि सार्वजनिक सुचना जारि गरेको छ । उसले जारि गरेको सुचनामा आफुले मनोरञ्जन गर्दा छिमेकीलाई असर पर्न सक्ने कुरामा सचेत हुन,घर भित्र वा वाहिर दियो वत्ति, झालर बाल्दा दियो बाल्ने स्थान सुरक्षित छ छैन विचार गर्न,अत्याधिक मदिरा सेवन नगर्न,मदिरा सेवन गर्नै परे घरमै गर्न,मादक पदार्थ सेवन गरी सवारी साधनहरु नचलाउन,आफनो घर टोलमा हो हल्ला गरि हिडने तथा संकास्पद ब्यक्तिहरु देखिएमा वा कसैले लामो समय सम्म तपाई संग कुरा गर्न खोज्यो भने तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।त्यस्तै घर छोडेर बाहिर जाँदा विस्वासिलो मानिस वा छिमेकीलाई जानकारी दिन,बहुमुल्य गहना र ठुलो रकम बोकेर नहिड्न,जुवा तास आफु पनि नखेल्न र अरुले खेलेको देखेमा प्रहरीलाई खबर गर्न, रातको समयमा कसैले ढोका ढकढकाएमा पुर्ण रुपमा विस्वस्त नभय सम्म नखोल्न आम नागरिकलाई जिल्ला प्रहरीले आग्रह गर्न,पटका पटकाउने काम नगर्न, यसले ध्वनि प्रदुषणका साथै, मुटु रोगी बाल बालिका, बृद्धलाई असर पुग्ने हुँदा यसो नगर्न पनि आग्रह गरेको छ ।त्यस्तै खानपिनमा बिशेष ध्यान दिन, अखाद्य पदार्थबाट टाढा रहन,सम्वभ भए समम आफनो घर वरिपरी उज्यालोको ब्यबस्था मिलाउन,महिला, बृद्ध र वालबालिकालाई सम्मान र सुरक्षा दिने बानि बसाल्न,संकास्पद ब्यक्तिको सवारी साधनको नम्वर हुलियाँ, लगायतका परिचय खुल्ने विवरण यथासम्भब टिप्ने र याद गर्ने कोशिस गर्न,तिहार भब्य रुपमा मनाउन, तर सामाजिक सदभाव,आपसी भाईचारालाई नबिर्सन स्थानिय प्रशासनले अनुरोध गरेको छ ।
 

प्रतिकृया दिनुहोस