बाँकेमा थप २७ जनामा कोरोना भाइरस संक्रमण , नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४

बाँकेमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिवारको तथ्यांकसँगै बाँकेको नरैनापुर गाउँपालिकामा गत २४ घण्टामा २७ जना नयाँ संक्रमित थपिएका छन् । नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट स्वाव संकलन गरिएको परीक्षणमा २७ थपिएका हुन ।

बाँकेमा संक्रमितको संख्या १४२ पुगेको छ । १ जनाको मृत्यु भएको छ भने २१ जना निको भएर घर फर्किएका छन् । नरैनापुरमा निरन्तर संक्रमितको संख्या बढिरहेको छ । भारतसँग सीमाना जोडिएको भू-भाग धेरै रहेको बाँकेको नरैनापुर प्रदेश ५ मैं सबैभन्दा बढि संक्रमित हुने गाउँपालिका बनेको छ । प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भइरहँदा बाँके अगाडी आउनुमा नरैनापुरको संख्याले सहयोग गरिरहेको छ । पहिलो पटक बाँकेको नेपालगन्जमा एक जनामा कोरोना संक्रमण देखिएको थियो। भनेर त्यही दिन अथात् वैशाख १९ गते रूपन्देही रूपन्देही कोटहीमाइ गाउँपालिका वडा नम्बर १ पुर्नीहवाका २५ वर्षीय युवक र बाँके नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय शिक्षकमा कोरोना देखिएको थियो।

उनीहरू निको भएर घर फर्किसकेका छन्। बाँकेका पहिलो संक्रमित देखिएको व्यक्ति हिजोमात्र घर पmिर्कए । तर, बाँकेको नरैनापुर कोरोनाको इपिसेन्टरका रुपमा देखिएको छ । भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसी घरमा जाँदा संक्रमण हुनेको संख्या वृद्धि भइरहेको देखिन्छ । लकडाउनको समयमा ठूला नाका बन्द गरिए नरैनापुरमा त्यसबीच लुकिछिपी गाउँ पसिरकेो अवस्थालाई नेपालगन्जन्यूजले निरन्तर समाचार प्रवाह गरिरहेको थियो । भारतबाट आएका व्यक्ति राखिएका क्वारेन्टाइनबाट पनि संक्रमण फैलिन सहयोग पुगेको अवस्था त्यहाँको व्यवस्थापनले देखाउँछ ।

प्रतिकृया दिनुहोस