गाउँपालिका अध्यक्षले आफ्नै वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुट्पीट गरेपछि .....

गाउँपालिका अध्यक्षले आफ्नै वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन् । रोल्पाको, सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको ४ नम्वर वडाध्यक्ष गञ्जबहादुर क्षत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमा कुटेका हुन्  । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि जेठ ९ गते बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडाध्यक्ष क्षत्रीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष क्षत्रिले आफ्नो वडामा रहेका बैंकहरुलाई सोमबार र बिहीबार खोल्ने निर्णय वडाबाट गराएका थिए । तर, कार्यपालिकाको बैठकमा वडाको कुनै पनि निर्णय आफुलाई अमान्य हुने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिके र आफुमाथि कुटपिट गरेको वडाअध्यक्ष क्षत्रीको आरोप छ ।
कार्यपालिकाका एक सदस्यको भनाई अनुसार गाउँपालका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द प्रयोग गरी हातपात गरेको उनले बताएका छन् । कुटपिटबाट वडाध्यक्ष क्षत्रीको शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ । क्षत्रीले गाउँपालिका अध्यक्षलाई कारवाही गर्नको लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत दिएका छन् । गाँउ पालीका अध्यक्ष घर्ति पूर्व माओवादी पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचित भएका हुन् भने वडा अध्यक्ष क्षेत्री नेपाली काँग्रेसका तर्फवाट । 
यसै विषयमा नेपाली काँग्रेस रोल्पामाले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष घर्तीको कार्यलाई अपराधिक गतिविधि गरेको जनाएको छ । स्थानीय सरकारको प्रमुख जिम्मेवारी पदमा रहेको गाउँपालिका अध्यक्षले सबैलाई समेटेर जाने र विवाद भएका मिलाउँदै जानुपर्नेमा आफ्नो निर्णयलाई लाद्न खाज्ने र हातपात नै गर्ने कार्य कानुन विपरित तथा अपराधिक गतिविधि भएको काँग्रेसले जनाएको छ । गाउँपालिकाका अध्यक्षको ब्यवहारले लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस