देउसी भैलोलाई १ सय ५ रुपैया बढी दक्षिणा दिए दोब्बर जरिवाना

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ को न्यूरोड टोलबासीले एक सय ५ रुपैया देउसी भैलो खेल्ने समूहका लागि दक्षिण तोकेका छन् । न्यूरोड टोल विकास संस्था भीत्रका कुनैपनि घर परिवारले एक सय ५ रुपैयादेखि बढी दक्षिणबाफतको रकम भैलोलाई दिन नपाईने निर्णय गरेको हो ।  तोकिएको रकम देखि बढी कुनै घर परिवारले दिएको जानकारी पाए,२ सय १० रुपैया जरिमाना समेत गरिने छ । संस्कृत र परम्परालाई निरन्तरताको नाममा विकृत्ति बढ्ेको भन्दै उक्त टोल विकास संस्थाले पैसा दिने होडवाजीलाई न्यूनिकरण गर्न दक्षिणा बाफतको रकम तोक्नुपरेको अध्यक्ष सृजना ढकालले जानकारी दिनुभयो । यता तुलसीपुर उपमहानगरपालिकाले ठुलो आवाजमा गीत वजाउन, घरधनीसँग वलजफ्ती गरेर पैसा माग्न, बाटो पुरै कब्जा गर्न र साँस्कृतिक पक्षको अवमुल्यन गर्ने खालका नृत्य र गीत प्रस्तुत गर्न नदिने भएको छ । उपमहानगरपालिकाको सोमबार सम्पन्न ४६ औ वैठकले देउँसी भैलोका नाममा हुने गरेका विभिन्न अनियमितता र विकृतीहरुलाई नियमन गर्ने निर्णय गरेको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिनुभयो । उक्त निर्णय कार्यान्वयनका लागि हरेक वडा कार्यालयलाई समेत जानकारी गराएको छ । तर साँस्कृतिक मुल्य र मान्यता अनुसार भैलो खेल्नेहरुलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस