तिहार शुरु । पहिलो दिन यमदुत मानिने कागको तिहार

कात्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने यमपञ्चक अथवा तिहार आजबाट सुरु भएको छ । यमदूत मानिने कागलाई भोजन गराई कागप्रति श्रद्धा प्रकट गरिदै आजबाट यमपञ्चक सुरु भएको हो । काग पुजासँगै तिहार सुरु भएको   छ । यमराजले यसै दिनदेखि मृत्युलोकमा पाँचदिनसम्म विचरण गर्न आएको जनविश्वासमा अवको पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ । यो दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजा गरेमा पितृले सोझै स्वर्गमा स्थानमा पाउँछन् विश्वास रहेको छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा समेत लिने गरिन्छ । 
 

प्रतिकृया दिनुहोस