शान्ति निर्माणकर्ता बरिष्ठ सहजकर्ता तुलाधर अस्ताय

अधिकारकर्मी पद्मरत्न तुलाधरको आज आइतबार निधन भएको छ । मस्तिस्कघातका कारण उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा ७८ बर्षको उमेरमा तुलाधरको निधन भएको हो । स्नायु सम्बन्धी समस्या देखिएर काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत उहाको स्वास्थ्य जटिल बन्दै गएपछि उहालाई थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । स्नायु सम्बन्धी समस्याबाट पीडित तुलाधरलाई पिसाव सम्बन्धी जटिलता थपिएपछि नर्भिक अस्पतालमा लगिएको हो । 
मानव अधिकारकर्मी तुलाधरको केही वर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो । तर उहाको मुटुमा कुनै पनि समस्या देखिएको थिएन । नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना गर्ने अभियानमा आफनो जीवनको लामो समय खर्चिएका तुलाधर विसं २०४२ मा नेकपा  (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए। नेकपा एमालेको समर्थनमा विसं २०४८ र विस २०५२ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर सन् विक्रम संम्बत २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री बन्नुभएको थियो । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय उम्मेदवार हुँदा सूर्य चिह्न लिएका तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा(एमाले)र हाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले लिएको छ । तत्कालीन नेकपा माओबादी र सरकार बिच बार्ता गराउन सहजकर्ता भूमिका खलेका तुलाधरले संबाद सहजकर्ता गठन गरि शान्ति निर्माण प्रक्रियामा योगदान पु¥याउदै आउनुभएको थियो । सहजकर्ताद्धय दमननाथ ढुङगाना र तुलाधरले शान्ति निर्माणका लाग पुर्बी नेपालको झापा,जनकपुर र पश्चिम नेपालको दाङमा संबाद सहजकर्ता गठन गर्नुभएको छ । यसैबिच संबाद समूहको परिकल्पना गरि देशका बिभिन्न स्थानमा शान्ति निर्माणकर्ता उत्पादन गर्ने बरिष्ठ सहजकर्ता पदमरत्न तुलाधरको निधनले संबाद समूह प्रदेश नम्वर ५ सचिवालयले दुख ब्यक्त गरेको छ । सचिवालयका संयोजक चन्द्रबहादुर चौधरी र बरिष्ठ सहजकर्ता सुशील बस्नेतले शोक बिज्ञप्ती जारि गरि मृत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति संबदेना प्रकट गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस