तुलसीपुरको क्वारेन्टीनमा जुम्ल्याहा बच्चाको जन्म : वच्चा सहित आमाको स्वास्थ्य अस्थिर भएपछि गरियो- नीजी अस्पतालमा भर्ना

तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका रहेकालाइ राख्नका लागि सञ्चालन गरेको क्वारेन्टाइनमा वसेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । वडा नम्वर १३ फुलवारी घर भएकी अनिता यादवले राप्ती प्रादेशिक अस्पतालमा जुम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालकी मेडिकल अधिकृत डा। लिजा पुरीका अनुसार दुवै वच्चा स्वस्थ रहेपनि एक जनाको तौल कम रहेको र स्वास्थ्यमा समस्या देखिएपछि अहिले तुलसीपुर स्थित तुलसी बाल अस्पतालमा भर्ना गरिएको छ ।  
गर्भवति यादव विहिवारबाट क्वारेन्टाइनमा वस्न थालेकी थिइन् । चार महिना अगाडिबाट रुपैडिहाको विलौनीमा माइतिघर रहेकी यादव विहिवार मात्रै २ दिन हिडेर घरमा आएकी थिइन् । भारतबाट आएको भनेर गाउँलेहरुले खवर गरेपछि उनलाई तुलसीपुर उपमहानगरपालिकाको कोरोना रेस्क्यु टिमले विहिवार राती नै क्वारेन्टाइनमा ल्याएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । उनको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको थियो । यादवलाई शुक्रवार विहान १२ वजेतिर व्यथा लागेपछि प्रादेशिक अस्पतालमा ल्याइएको विपद् शाखाका प्रमुख भिमप्रकाश खत्रीले जानकारी दिए । “जटिल अवस्था भनेपछि हामीले नेपालगञ्ज लैजाने तयारी पनि गरेका थियौ” खत्रीले भने । 

गर्भवति यादवका कोही पनि आफन्त नआएपछि उपमहानगरपालिकाले नै सबै जिम्मेवारी लिएर उनको उद्दार गरेको थियो । नगरप्रमुख घनश्याम पाण्डेको निर्देशनमा उनको सम्पूर्ण उपचारको जिम्मा लिइएको हो । “जहाँ लैजानुपरेपनि हामीले जिम्मा लिने कुरा थियो ” शाखा प्रमुख खत्रीले वताए । जुम्ल्याहा वच्चाहरुको अवस्था जटिल भएपछि तुलसी अस्पतालको एनआइसियुमा राखेर उनीहरुको उपचार भइरहेको छ । उनीहरुको थप उपचारका लागि तुलसी अस्पतालका सञ्चालक बालरोग विशेषज्ञ डा। किशोर खत्रीले थप उपचार गर्ने भएका छन् । जुम्ल्याहा वच्चाहरुको तौल कम रहेकाले उनीहरुलाई तुलसी अस्पतालको आपतकालिन कक्षमा राखेर उपचार गर्नु परेको डा। खत्रीले वताए । “स्वस्थ जन्मिए पनि उनीहरुको तौल कम छ त्यसकारण एनआइसियुमा राखेर उपचार गरिरहेका छौ” उनले भने । वच्चाको जन्म तौल २५ सय ग्राम भन्दा कम भयो भने चुनौतिपूर्ण हुने पनि उनले वताए ।

जुम्ल्याहा वच्चाहरुको तौल क्रमशः १ किलो २५ ग्राम र २ किलो ८ सय ग्राम रहेको छ । “उनीहरुको उपचार राम्रोसँग भएको छ , अस्पतालले कुनै पनि कसुर बाँकी राखेको छैन” स्वास्थ्य निरिक्षक विमल केसीले वताए । उनले सुत्केरी महिलाको पनि अस्पतालमा अन्य उपचार भइरहेको वताए । सुत्केरी महिलाको आफन्त कोही नभएको र श्रीमानले पनि वास्ता नगरेपछि तुलसीपुर उपमहानगरपालिकाको पहलमा अस्पताल पुर्याइएको थियो । केही समय अगाडि भारतबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिको थियो । “ उनले कोरोना रिपोर्ट नेगेटिभ आएको छ ” जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस