६९ औ कानून दिवस उच्च अदालत बारमा

६९ औ कानून दिवसको अवसरमा उच्च अदालत बार एकाई तुलसीपुरले अन्तरक्रिया कार्यक्रम गरेको छ । वारका अध्यक्ष रबिन्द्र कुमार धितालको अध्यक्षता एबम उच्च अदालत तुलसीपुरका न्यायधीश ऋषिराम दवाडीको प्रमुख आतिथ्य तथा उच्च अदालत तुलसीपुरका न्यायधीश शालिग्राम कोईरालाको बिशिष्ट आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । त्यसअसवसरमा मानव अधिकार, लोकतन्त्र, सुशासन संबैधानिक सर्बोच्चता, बिधिको शासनको पालना गर्न गराउन सवै सरोकारवाला निकायको कर्तब्य भएकोमा जोड दिएको थियो । 
त्यस्तै लकडाउनको अबस्था समाप्त भै अदालतका नियमित कामकारर्बाहीहरु सचारु रुपले सञ्चालन गर्न अवलम्वन गर्नुपर्ने रणनीतिहरुको सम्बन्धमा सुझाब पठाउने सम्बन्धि ब्यापक छलफल गरि आबश्यक सुझाब संकलन गर्ने गराउन काम भएको कार्यक्रममा जानकारी गराएको थियो । 
त्यसअवसरमा,बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,रजिष्ट्रार राम प्रसाद भट्टराई,बारका पूर्ब अध्यक्ष मोहन प्रसाद धिताल र रामशरण चौधरी, अधिबक्ता मधुसुदन गौतम,शाखा अधिकृत गोर्कण वली, लगायतको सहभागिता थियो । त्यसअवसरमा बारका सचिब सुनील धितालले सहजिकरण गर्नुभएको थियो ।
यसैबिच,कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी कानुन दिवस, मनाएको छ । 
२००९ साल वैशाख २६ गते नेपाल प्रधानन्यायालय ऐन, २००८ लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको सुरुवात गर्ने व्यक्तित्वको योगदानको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । 

प्रतिकृया दिनुहोस