सिडीयोसग कुरा नमिल्दा तानिएका एसपीले दाङ छोड्नु अघि प्रस्तुत गरेका कामको बिबरण

दाङबाट सरुवा भई प्रहरी प्रधान कार्यालयमा जानु अघि दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण हरी शर्माले ४ महिनाको छोटो अवधिमा ११ वटा घटनामा सफलता प्राप्त गरेको दावी गर्नुभएको छ । केही बिषयमा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठसग कुरा नमिल्दा प्रहरी प्रधान कार्यालयले शर्मालाई शुक्रबार साँझ काजसरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शर्माको स्थानमा एसपी बेलबहादुर पाण्डेलाई दाङ प्रहरी प्रमुखमा पठाएको छ ।आज आईतबार सञ्चार संस्थाहरुमा संप्रेसन गरि यो अवधिमा सम्पादन गरेका कामको बिबरण प्रस्तुत गर्नुभएको हो ।गत साउन २८ गते जिल्ला प्रहरी कार्यालय दाङको कार्यालय प्रमुखको रुपमा खटि आएदेखी हालसम्म अपराध अनुसन्धान तथा नियन्त्रणका क्षेत्रमा सफलता हासिल गरेको सार्वजनिक गर्नुभएको छ । उहाले सार्वजनिक गरेको सफल कार्यमा गत भदौ १ गते ६० किलो ग्राम अवैध लागुऔषध (चरेश) सहित ५ जना पक्राउ गरेको पहिलो प्राथमिकतामा राख्नुभएको   छ । ७ बर्ष अघि अर्थात २०६८ असार २८ गते सावीक नारायणपुर गाबिस वडा नम्वर ४ दक्षिण अम्रईमा भएको कर्तब्य ज्यान मुद्धामा सफलता हासील गरेको उहाले दावी गर्नुभएको छ । घोरीही उप महानगरपालीका वडा नं. १३ बडहरामा गत भदौमा अटोमेटिक पेस्तोल सहित १ जनालाई दाङ प्रहरीले पक्राउ गरेको ।
गत भदौ ३१ गतेका दिन प्रहरी बनाईदिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ,गत असोज २ गते रकम सहित तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ बाट ५ जना जुवा खेलिरहेको अबस्थामा रकम सहित पक्राउ,गत असोज २ गतेका दिन रिभलबर पेस्तोल सहित घोराही उपमहानगरपालिका वडा नम्वर १२ का एक जना पक्राउ,गत असोज ४ गते करोडको चिठ्ठा प¥यो भन्दै ठगी गर्ने २ जना पक्राउ गर्न सफल भएको उहाले जारि गर्नुभएको बिबरणमा उल्लेख गरिएको छ ।गत असोज ४ गतेका दिन घोराही उपमहानगरपालिका  वडा नम्वर १४ कपासीबाट रकम सहित जुवा खेलिरहेका १२ जना रकम सहित पक्राउ,गत असोज ६ गते आफ्नै नातिनीको छोरीलाई जबरजस्ती करणी गरी फरार लमही नगरपालिका वडा नम्वर ६ बस्ने व्यक्ति गत असोज १४ गते पक्राउ गरेको छ  । गत कार्तिक ८ गते  घोराही उपमहानगरपालिका वडा नम्वर ३ भैसिकुरबाट जुवा खेलिरहेका अबस्थामा रकम सहित ७ जना पक्राउ,गत कार्तिक ९ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ बाट जुवा खेलिरहेको अबस्थामा नगद रकम सहित ९ जना पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रमुख शर्माले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस