कृषि उपज बजार सञ्चालन तुलसीपुरमा

माध्यामिक बिद्यालय सेन्टर तुलसीपुरको प्राङणको उत्तर तर्फको छेउमा कृषि उपज बजार सञ्चालन हुदैछ । उक्त बिद्यालयको १० कठ्ठा जग्गालाई तुलसीपुर उपमहानगरपालिकाले भाडामा लिई कृषि उपज बजारको भवन निर्माण गर्न शुरु गरेको हो । ४० वटा स्टलको भवन निर्माणका लागि २ करोड ७० लाख लागतको स्टीमेट गरिएको छ । भवन निर्माणको शीलन्यास तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेले गर्नुभएको तुलसीपुर उपमहागनरपालिकाका सव–इन्जिनियर खड्क विकले जानकारी दिनुभयो । फलफुल व्यवसायी दामोदर बानियाको अध्यक्षतामा भएको कार्यक्रमा मावि सेन्टर स्कुलका प्रधानाध्यापक भागवत पौडेल, तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा तुलसीपुरका प्रमुख तिलक केसी, तुलसीपुर उद्योगबाणिज्य संघका महासचिव रुपबहादुर खत्री, कृषक दोलखबहादुर खत्री लगाएतले बोल्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस