नेपालगञ्ज र रुपन्देहीमा दुईजनामा कोरोना पोजेटिभ

नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज प्रदेश ५ मा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणका क्रममा रुपन्देही जिल्लामा एक र बाँके जिल्लामा एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो । 

संक्रमित पुष्टि भएकामध्ये रुपन्देहीका २५ वर्षीय युवा र बाँके निवासी ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। योसँगै कोरोना भाइरस पाँच नं प्रदेशमा पनि देखिएको छ । हालसम्म नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै १६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस