२६ बुँदे माग सहित शिक्षकहरुको आन्दोलन शुरु

सुशील बस्नेत 
दाङ,१६ कार्तिक

सरकारसंग आफ्ना २६ बँुदे मागपुरा गराउन तेश्रो चरणको आन्दोलन अन्तर्गत दाङका शिक्षकहरुले स्थानीय तहमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा दाङमा शिक्षकहरुले दश वटै स्थानीय तहमा धर्ना दिएका हुन् ।  देशलाई आवस्यक पर्नै जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका निभाएपनि शिक्षकहरुमाथी सरकारले सधै सौतेलो व्यवहार गरेको आरोप शिक्षकहरुले लगाएका छन् ।नेपाल शिक्षक महासंघ को केन्द्रिय आन्दोलनका कार्यक्रमहरु अन्तर्गत तेश्रो चरणको आन्दोलनमा शिक्षकहरु होमिएका छन् ।
शिक्षकहरुले कूल गार्हस्थ उत्पादनको ४ प्रतिसत रकम शिक्षा क्षेत्रमा खर्च गरीनुपर्ने,आधारभूत तहसम्मको शिक्षा अनिबार्य र माध्यामीक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, बिद्यालय शिक्षाको सुधा संबिधान अनुसार गरीनुपर्ने, संघीय शिक्षा ऐन संसोधन , सरकार संग बिगतमा भएका समmैताहरुको कार्यान्वयन गरीनुपर्ने, शिक्षकहरुलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने लगाएतका २६ बुँदे मागहरु राखेका छन् । तेश्रो चरणको आन्दोलन अन्तर्गत दशैभरीका सबै स्थानीय तहहरुमा धर्ना कार्यक्र गरीएको र अब प्रदेश एवं केन्द्रिय आन्दोलनलाई घनिभूतरुपमा लैजानेनेपा शिक्षक महासंघ का जिल्ला अध्यक्ष अमर बहादुर खड्काले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस