लकडाउनमा राहत : पाएकालाई थोरै भयो, नपाएकाले पाएनौ भन्ने

पाचौ पटक लकडाउन थप भएर  बैशाख २५ गते सम्म लागु भएको छ । लकडाउनका कारण दैनिक ज्यालादारी र सानोतिनो ब्यबसायी गरि खाने परिवार बढी पीडित भएका छन् । शहर बजार क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्ने रिक्सा ठेला चलाउने,सडक छेउमा बसी जुत्ता सिलाउने,मकै पोल्ने,पानी र जंक फुड बिक्रि गर्नेहरु मर्कामा परेका छन् । गाँउघर तिर भने अतिबिपन्न परिवारहरुलाई राहत चाहेको हो । बिपत र संकटका बेला कति जना त्यस्ता परिवार भनेर तथ्याक संकलन गर्ने र राहत बितरणलाई एकद्धार बनाउने स्थानीय तहहरुले राम्रै गरेका छन् । केही पालिकामा भने अध्ययन र अनुसन्धान बिना राहत बितरण गर्ने र बितरणका नाममा सामाजिक सञ्जालमा फोटो पोष्ट गर्नका लागि मात्र राहत बितरण गर्नेहरुले बिपन्नलाई भोकै र हुने खानेलाई राहत दिएको गुनासो अधिक सुनिएका छन् । 

५ जना परिवार सदस्य भएका पश्चिम दाङको शान्तिनगर गाँउपालिका वडा नम्वर ७ दुविचौरका ७९ बर्षिय हुर्मत नेपालीले वडा कार्यालयबाट बितरण गरिएको राहत आफ्नो परवारले नपाएको गुनासो गर्नुभयो । राहत बितरण भई रहेको सुनेर लिन जादाँ राहत सकिएको भनेर खालि हात फर्कनुपरेको नेपालीले बताउनुभयो । शनिवार एकजना युवा ब्यवसायीले राहत दिने भनेर वडाबाट खवर आएकाले १० किलो चामल र १ किलो नुन पाएले अलिअलि खुसीको अनुभूति भएको बताउनुभयो । नेपालीका छोरा भारत कमाउन गएका र लकडाउनले गर्दा उतै समस्या पर्नुभएको छ । 

शान्तिनगरकै मिना जैसीले पनि राहत नपाएको गुनासो गर्नुभयो । घरमा छोरा छोरी सासु सुसुरा गरी ५ जना रहेका र श्रीमान बिदेश गएका बताएकी जैसीले एक जना ब्यापारिले दिएको राहतबाफत १० किलो चामल र १ किलो नुन पाउदा खुसी हुनुभएको छ ।
९ जना परिवारका सदस्य भएकी सुशीला विकले पनि राहत नपाएको बताउनुभयो । वडा कार्यालयबाट बितरण गरेको राहत नपाएको तर शनिबार एकजना ब्यवसायीले दिएको १५ किलो चामल र १ किलो नुन मात्र पाएको बताउनुभयो । वडा नं. ७ धनौराका १५ बर्षिय राजेश रानाले पहिले वडाबाट २४ किलो चामल, दाल, नुन र तेल पाएको भन्दै त्यो पनि सकिन लागेको बताउनुभयो ।

दाई र दीदिले मजदुरी गर्ने र घरमा आमा बुवा,४ भाई भएको ठुलो परिवारका लागि राहतबाट घर चलाउन समस्या हुने गरेको बताउनुभयो । १ सय २५ जना बिपन्न र मजदुरको लिष्ट गाँउपालिकामा पठाएकोमा ८५ जनाका लागि मात्र राहत प्राप्त भएको वडा अध्यक्ष पिमलाल वलीले बताउनुभयो । ४० जनाले राहत पाउन नसकेको वलीको भनाई छ । उहाँले भन्नुभयो,जिल्लाबाहिरबाट घर फर्किएका ४ जना ब्यक्तिलाई वन कार्यालय भवनमा सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस