डीआईजी रबिन्द्र धानुक तुलसीपुरमा, आइतवारवाट नियमित काम शुरु गर्ने

प्रदेश नं. ५ को प्रदेश प्रहरी प्रमूखमा हालै पदस्थापन हुनुभएका प्रहरी नायव महानिरिक्षक (डीआईजी) रबिन्द्रबहादुर धानुक आज तुलसीपुर आइपुगेका छन् । प्रदेश प्रहरि प्रवक्ता प्रहरी नायव उपरिक्षक नवराज पोख्रेलका अनुसार डीआइजी धानुकले आइतवारवाट आफ्नो नियमित कार्य शुरु गर्नेछन् । हालै मात्र वरिष्ठ प्रहरी उपरिक्षकवाट वढुवा भइ डीआइजीमा पदस्थापन भएका धानुक प्रहरी संगठन भित्र कुशल नेतृत्वकर्ताका रुपमा चिनिन्छन् ।  काठमाण्डौं प्रहरी परिसर तथा ललितपुरमा रहदा उनले आफ्नो कुशल क्षमता प्रदर्शन गरेको उनलाई नजिकवाट चिन्नेहरु बताउछन् ।   यसअघि प्रदेश ५ अन्तरगतका जिल्लाहरु रुकुम तथा रुपन्देहिमा काम गरेको अनुभव धानुकसित रहेको छ । प्रहरीमा नयाँ वढुवामा विलम्व हुदा विगत केहि महिनादेखि प्रदेश प्रहरी प्रमूखको तुलसीपुरस्थित कार्यालय, प्रमूख विहिन अवस्थामा रहेको थियो । धानुकको आगमनसंगै अब प्रदेशको शान्ति शुरक्षा अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।  

प्रतिकृया दिनुहोस