श्रमजीबि पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री

तुलसीपुरका युवा ब्यबसायि बिमल रिजालले तुलसीपुरमा सञ्चालन भईरहेका संचार गृहका श्रमजीबिहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउनुभएको छ । 
३० जना पत्रकारहरुलाई पुग्ने गरि सेनिटाईजर,ग्लोब्स र मास्क तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका रिजालले उपलब्ध गराउनुभएको हो । 
उक्त सामाग्री पत्रकार अर्जुन गिरी,नारायणी रजौरे,सुशील बस्नेत,शरद रेग्मीलाई हस्तान्तरण गर्नुभएको हो । 
प्राप्त ती सामाग्री पत्रकार शरद रेग्मीलाई बितरणका लागि जिम्मा लगाईएको छ ।
बिश्वभर फैलीएको कोभीड १९ को सर्तकता र सचेतनाका लागि अग्रपंक्तीमा गई समाचार संकलन गर्नुपर्ने अबस्थामा श्रमजीवि पत्रकारहरु समेत स्वास्थ्य सुरक्षामा संबेदनशील हुने भएकाले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको रिजालले बताउनुभयो । 
रिजालले श्रमजीवि पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा पत्रकारहरु खुशी भएका छन् ।
उता,तुलसीपुर ११ नम्बर वडा कार्यालयले मास्क वितरण शुरु गरेको छ । वडा कार्यालयले आफ्नै लगानीमा मास्क वितरण शुरु गरिएको वडा अध्यक्ष चित्रबहादुर वलीले जानकारी दिनुभयो ।
पहिलो चरणमा ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई करिब ३ हजार मास्क वितरण गरिएको र दोस्रो चरणमा अन्य उमेर समुहका ब्यक्तिहरुलाई वितरण गरिने वडा अध्यक्ष  वलीले बताउनुभयो ।
टोल बिकास संस्थाको सहकार्यमा घर घरमा पुगेर मास्क वितरण गर्न शुरु गरिएको हो । 
मास्क वितरणसंगै कोरोना भाइरसबाट बच्न सरकारको निर्देशन पुर्ण रुपमा पालना गर्न आग्रह गरिएको वडा सदस्य सुवास डिसीले जानकारी दिनुभयो । भारत तथा तेस्रो मुलुकबाट केही समय अघि घर फर्किएकाहरुको स्वास्थ्य अबस्था र तथ्यांक संकलन गर्न स्वास्थ्यकर्मी सहितको टोली वडा नम्वर ११ का बिभिन्न टोलमा खटिएको छ ।
 

प्रतिकृया दिनुहोस