लकडाउनको प्रत्यक्ष प्रभाव कृषी क्षेत्रमा पर्ने संकेत

कोरोना भाइरसका कारण देशमा सरकार द्धारा घोषणा गरिएको लकडाउनको समय आगामी वैशाख १५ गते सम्म तोकिएको छ । सरकारले अवस्थामा सुधार नआए लकडाउनको समयावधि लम्विन सक्ने वताइरहेका वेला यदि लकडाउनको समय पुनः थप गरियो भने जेठमा ब्याड राख्ने र असारमा धान रोप्ने क्षेत्रका किसानहरु मर्कामा पर्ने अवस्था देखिएको छ ।  चैत ११ गतेदेखि लागु गरिएको लकडाउन पटक पटक थप गर्दै बैशाख १५ गते सम्म पुर्याइएको हो  । लकडाउनको समयमा मानिसहरु बन्दाबन्दीमा बस्नुपर्ने हुन्छ । मानिसबाट मानिसमा संक्रमण हुने भएकाले पनि कोरोना भाईरस संक्रमणको मूख्य ओखती लकडाउन नै भएको चिकित्सकहरुले बताएका छन् । अव लकडाउन थप भए बर्षे धान खेति चाडै शुरु गरिने क्षेत्रका किसानहरु प्रभाबित हुने देखिएको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुर,सुकौरा,बेल्टाकुरा,चपुवा डाँडा,प्रीगाँउ र देउखुरीमा परगन्ना सिंचाईको कमाण्ड क्षेत्र राप्ती गाँउपालिका र लमही नगररपालिका वडा नम्वर १,२,३,४,बंगलाचुली गाँउपालिकाको अरङ खोलाको किनार वडा न १,३,४,६ र डाहटे सिंचाई आयेजनाको क्षेत्र वडा नम्वर ७ का किसानले बैशाख जेठमा ब्याड राख्ने असारमा रोपाई गर्ने  गर्दछन् । 
आर्थिक बर्ष २०७५/७६ जिल्लाको कुल खेतीयोग्य जमीन ६९ हजार ९ सय ५० हेक्टर मध्ये खेती गरिएको जमीन ६५ हजार ९ सय ८० हेक्टर रहेको धितालले बताउनुभयो ।  त्यसमध्ये धान ३७ हजार ७ सय १० हेक्टर ,उत्पादन १ लाख ६८ हजार ५८ मेटिकटकन र त्पादकत्त्व ३ .८५ मेटिक टन प्रति हेक्टर रहेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
जिल्लामा ६ हजार ७७ हेक्टरमा तरकारी खेति हुने गरेको छ । आर्थिक बर्ष २०७५/७६ तथ्यांक अनुसार दाङमा ७९ हजार २ सय ८७ मेट्रिक टन तरकारी उत्पादन भएको छ  ।
उत्पादकत्व १३.०५ मेट्रिक टन प्रति हेक्टर भएकोे कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले बताउनुभयो । 
२ हजार ३ सय १५ हेक्टरमा हिँउदे तरकारी खेति गरिएको थियो ।
उक्त जमीनमा ३७ हजार १ सय २० मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादकत्व १६.०३ मेट्रिक टन प्रति हेक्टर तरकारी उत्पादन भएको थियो ।
दाङमा बर्षे २ हजार ३ सय १३ हेक्टरमा खेति गरिएको थियो । उक्त जमीनमा गरिएको तरकारी खेतिबाट २७ हजार १सय ४५ मेट्रिक टन बर्षे तरकारी उत्पादन भएको थियो ।
११.७४ मेट्रिक टन प्रति हेक्टर तरकारी उत्पादकत्व रहेको छ  । १ हजार ४ सय ५० हेक्टर जमीनमा दाङमा बेमौसमी ÷बसन्ते तरकारी खेति गरिएको थियो । उक्त जमीनमा १५ हजार २२  मेट्रिक टन उत्पादन भएको थियो भने १०.३६ मेट्रिक टन प्रति हेक्टर बेमौसमी ÷बसन्ते तरकारी उत्पादन भएको थियो ।
अहिले बजारमा लमही नगरपालिका वडा नम्वर ३,४,५,७,८ बलरामपुर,टिकुलीगढ,सतबरिया,चैलाही बनगाउँ क्षेत्रबाट तरकारी आउने गरेको छ । त्यस्तै राप्ती गाँउपालिकाको वडा नम्वर ५ मौरीघाट,गढवा गाँउपलिका वडा नम्वर ५ र ७,घोराही उपमहानगरपालिका वडा नम्वर १,२,७,८,१०,११,१२,१३,१७,१८,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,४,६,११,१२,१३,१४,१५,१७ र १९, दंगीशरण गाँउपालिका वडा नम्वर ३ र ६ र ववई गाँउपालिका वडा नम्वर २ र ७ मा तरकारी उत्पादन हुने गरेको छ ।
जिल्लामा २२ हजार मेट्रिक टन रासायनिक मल  आबश्यकता पर्ने र जिल्लामा आपूर्ती भई श्रावण देखि चैत सम्म करिव १०१ हजार ५० मेटिकटन बिक्रि बितरण भएको छ । 
अव जिल्लामा करीव २ हजार ६ हजार ३८.५५ मेट्रिक टन रासायानीक मौज्दात रहेको धितालले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस