घर फर्कने यात्रुलाई व्यवस्थीत गर्न चुनौती : पालिका प्रमूख

कोभिड १९ ले जनजीवनमा पारेको असरका बारेमा स्थानीय तह र उद्योग बाणिज्य संघको भूमिकाका बारेमा भीडियो कन्फ्रेरन्स मार्फत बुधबार दाङमा संबाद गरिएको छ । 
संबाद समूहको आयोजनमा तुलसीपुर उपममहानगरपालिकाका मेयर घनश्याम पाण्डे,घोराही उपमहागनरपालिकाका मेयर नरुलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी, दाङका उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरु,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र ब्यबसायीक तरकारी उत्पादक किसान बामदेब चौधरी बीच संबाद गरिएको हो ।
संबादमा सहभागि देउखुरी सिसहनीयाका किसान बामदेव चौधरीले किसानले उत्पादन गरेको ताजा तरकारीको बजारीकरण नहुदा खेर गईरहेको जानकारी दिनुभयो । स्थानीय तह बीच समन्वय हुन नसक्दा किसानहरुले उत्पादन गरेको ताजा तरकारी सडेर गईरहेको गुनासो गर्नुभयो । करेसाबारीमा उत्पादन गरेका साना किसान र ब्यबसायीक खेति गर्ने किसानको तरकारी संकलन गरि बिक्रि गर्ने ब्यबस्था मिलाईदिनुपर्ने बताउनुभयो । मल बिउ आवश्यक पर्ने समय आईपुगेकाले सर्बसुलभ तरिकाले उपलब्ध हुने हो वा होईन चिन्ताले सताईरहेको चौधरीले बताउनुभयो । 
जिल्लामा कुल खेती योग्य जमीन ६९ हजार ९ सय ५० मध्ये धान ३७ हजार ७ सय १० हेक्टरमा र तरकारी कुल क्षेत्रफल ६ हजार ७७ हेक्टरमा हुन्छ । हिँउदे तरकारी ३७ हाजर १ सय २० मेट्रिक टन र बर्षे तरकारी २७ हजार १ सय ४५ मेट्रिक टन गरि कुल ७९ हजार २ सय ८७ मेट्रिक टन उत्पादन हुने कृषी ज्ञान केन्द्र दाङले जनाएको छ ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तरकारीलाई संकलन गरि राख्न कोल्ड स्टोर संचालनको लागि पहल गर्ने बताउनुभयो । तुलसीपुरमा जम्मा ५० मेट्रिक टन स्टोर गर्ने सीत भण्डार रहेकोमा अव बढाउनुपर्ने बताउनुभयो । दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले स्थानीय सरकारका स्वामीत्वमा रहेका कोठा र सर्टरको भाडा लकडाउनको अवधिभर छुट हुनुपर्ने माग गर्नुभयो । 
उहाँको जवाफमा नगरप्रमुख पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले एक महिनाका लागि भाडा छुट दिने निर्णय गर्ने प्रबिद्धता जनाउनुभयो । उपमहानगरपालिकाले कार्य नीति बनाई कुन कुन क्षेत्रमा छुट दिने बारेमा निर्णय गर्ने पाण्डेले बताउनुभयो । उहाँले किसानहरुले खेतिका लागि प्रयोग गर्ने डिपबोरिङको बिद्युत महसुलमा ५० प्रतिसत छुट दिने पनि बताउनुभयो । तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत बिरुले स्थानीय तह बिचको समन्वयका अभावका कारण गन्तब्यमा पुग्न हिड्का यात्रुले सास्ती भोग्नुपरेको बताउनुभयो ।  उहाँले भन्नुभयो,देउखुरीले घोराही छोडिदिने र घोराहीले तुलसीपुर बजारमा सयौ यात्रुलाई छोडिदिदा तुलसीपुरलाई सल्यान,रुकुम,रोल्पा लगायतका जिल्लामा पु¥याउन जानुपर्ने बाध्यता रहेको बताउनुभयो । यसका लागि घोराही,तुलसीपुर र लमही बिच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 
ती यात्रुलाई ब्यबसायीहरुले खानाको ब्यबस्था गर्छ,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले बसको ब्यबस्था गरिरहेको छ । बसका लागि डिजलको ब्यबस्थ र उनीहरुलाई एकिकृत गर्न खुल्ला ठाँउको जिम्मा स्थानीय तहले लिनुपर्छ, रावतले बताउनुभयो ।
घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले किसानले उत्पादन गरेको बस्तु बिक्रिका लागि कसैले पनि नरोक्ने बरु सामाजीक दुरी कायम गर्नुपर्ने बताउनुभयो । 
उहाँले अन्य पालिकामा बस्तु आपूर्तीका लागि समन्वय गरि ब्यबस्था मिलाईने बताउनुभयो । उहाँले,बिभिन्न जिल्लाबाट घोराही प्रबेश गरेका यात्रुलाई ब्यबस्थापन गर्न चुनौति बढदै गएको बताउनुभयो । मेयर चौधरीले भन्नुभयो,यो समस्या समाधानका लागि लमही नगरपालिका, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका बिच राम्रो समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 
लमहीले चौपट्टामा यात्रुलाई छोडिदिने, घोराहीले कुईरेपानिबाट तुलसीपुरमा ल्याएर छोडिदिने गरिएको छ । 
यो कदापी राम्रो होईन,बजारमा लर्को लागि हिड्े भने संक्रमणको सम्भाबना पनि हुन्छ,त्यसैले बेलैमा समन्वय गरि ब्यबस्थापन गर्नुपर्छ,मेयर चौधरीले बताउनुभयो ।
प्रबिधिका कारण लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी र देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले भिडीयो कन्फ्रेरन्समा आफ्ना कुराहरु राख्न सक्नुभएको थिएन् । संबादको सहजीकरण बरिष्ठ सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।
संबाद समूहले यसअघि बिभिन्न पक्षहरुसँग भीडियो कन्फ्रेरन्स मार्फत संबाद गराएको छ ।
 

प्रतिकृया दिनुहोस