लकडाउनको मौका छोपी अखाद्य र मिसावट बस्तु बिक्रि गर्ने ब्यबसायिलाई कारर्बाही

कोरोना भाईरस संक्रमण हुन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनमा मानिसहरुले उपभोग्य बस्तु सफा,सुद्ध,उचित मूल्य र सहज पहुँच हुने सरकारले बताउदै आएको छ भने नागरिकहरुले पनि सोही अनुरुपको अपेक्षा गरेका छन् । तर महामारी र अनिकालको अबस्थामा अखाद्य बस्तु बिक्रि गर्ने र मोटो रकम कमाउने चाहाना राख्ने मानिसको कमि पनि छैन । लकडाउन भएपनि बाँच्नका लागि दैनिक दुई छाक खाना खानुपर्ने हुन्छ । लकडाउनको पहिलो चरणमा ढुवानीका साधान समेत बन्द भएको अबस्था केही दिनभयो । ढुवानी बन्द हुदा दैनिक उपभोग्य बस्तुको पनि कमि हुनु स्वभाबिक हो । यतिबेला मिसावट,कालोबजारी र अखाद्य बस्तुको बिक्रि हुने निष्कर्ष निकाल्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ को भम्केका १६ वटा पसलमा अनुगमन गरिएको छ ।
मूल्य सूची, साईनबोर्ड, ब्यबसाय दर्ता÷नविकरण, नापतौलको प्रमाण पत्र,लेवलमा खुलाउनपर्ने कुराहरु स्पष्ट उल्लेख भए नभएको,स्थायी लेखा नम्वर, भ्याट दर्ता, म्याद नाघेकोको सामाग्री, बिक्रि बिल दिने प्रक्रिया , भए नभएको, खरिद बिल बजार अनुगमन निर्देशीका२०७५को परिच्छेद ३ अनुशार अनुगमन गर्दाका क्रममा अखाद्य बस्तु बिक्रि गर्ने ब्यसायिहरुलाई कारबार्ही गरीएको संयोजक रेवा रावतले जानकारी दिनुभयो । 
अखाद्य बस्तुलाई नियन्त्रणमा लिईएको छ । २०७४ सालमा उत्पादन भएका र ३÷४ महिनामात्र म्याद भएका बस्तु झण्डै ३ बर्ष पुग्नै लाग्दा सम्म समेत बिक्रि गरेको भेटिए,रावतले बताउनुभयो । 
मूल्यमा पनि एक रुपता देखिएन,कालोबजारी गरेका पाईयो,उहाले भन्नुभयो । अस्वस्थ बस्तु बिक्रि गर्ने,बिद्यालयदेखि एक सय मीटरभित्रको दुरीमा सुर्तिजन्य बस्तु र मदिरा बिक्रि गरिरहेको पाएकाले कारर्बाही अगाडी बढाईएको तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । मानिसको स्वास्थ्यमा असर पर्ने अखाद्य बस्तु बिक्रि गरेको भेटियो उहाले बताउनुभयो । 
चिसोपेय पदार्थ,चियापत्ती,जंकफुड(चाउचाउ, कुरकुरे, चिप्स, कुकीज, बिस्कुट) आटा लगायतका बस्तुको म्याद गुज्री सकेको अबस्थामा बिक्रि गरेको पाईएको छ । अनुगमनका क्रममा स्थानीय युवाहरुले सहयोग गरेका थिए । म्याद गुज्री सकेका पियपदार्थ भने अनुगमन टोलीले स्थानीयहरुको रोवरमा नष्ट गरेको छ ।
स्वास्थ्य सगँ प्रत्यक्ष सरोकारराख्ने बस्तु बिक्रि बितरण भईरहदा स्थानीयहरुले ध्यान दिन नसकेको उनीहरुको भनाई छ । अव के कस्ता बस्तु,कति मूल्यमा बिक्रि भईरहेका छन् भन्ने बारेमा समेत जानकारी राख्नुपर्ने भयो,स्थानीय युवक निरज भण्डारीले बताउनुभयो । 
अर्का स्थानीय युवकले थोक बिक्रेताले लक डाउनको समयमा म्याद गुज्रेका बस्तु बिक्रिका लागि पठाएको भन्दै आक्रोस ब्यक्त गर्नुभयो । बस्तुको अभावका बेला ठुलो ब्यापारिले म्याद गुज्रेका सामान  साना साना ब्यापारिहरुलाई सप्लाई गरेकोले छानबिन गरि ठुला ब्यापारिलाई कारर्बाही गर्नुपर्ने सुरज डिसीले बताउनुभयो ।
अनुगमन टोलीलाई गिता बुढाथोकी,सपना नेपाली,जिवन भण्डारीले थोक ब्यापरिहरुसगँ मूल्यको बिषयमा बार्गेनिङ गर्ने गरेको बताउनुभयो । तर बस्तुको प्रयोग गर्न सकिने अवधि (म्याद)का बारेमा भने कुरै नहुने बताउनुभयो । थोक ब्यापारिहरुसँग बिश्वासले सामान खरिद गर्ने गरिन्छ । मानिसको स्वास्थ्य सँग जोडीएको अखाद्य बस्तुको बारेमा चासो धेरै नराख्ने बानि आफूहरुको रहेको बताउनुभयो । अवका दिनमा बस्तुको मूल्यको बार्गेनिङ भन्दा प्रयोग गर्ने समयाबधिको बारेमा जानकारी लिने उहाहरुले प्रतिबद्धता जनाउनुभयो । 
वडा नम्वर १ का अध्यक्ष लक्ष्मण भण्डारी,नगरस्तरीय अनुगमन समितिका संयोजक रेवा रावत, समितिका सदस्य एबम स्वास्थ्य शाखाका प्रमख ओमप्रकाश न्यौपाने,ईलाका प्रशासन कार्यालयका नायब सुब्बा यादव भूषाल,पत्रकार एवं अधिकारकर्मी सुशील बस्नेत,प्रहरी नायब निरिक्षक दलबहादुर रसाईली सम्मिलीतको टोलीले अनुगमन गरेको   थियो ।                                                                  कोभिड १९ को परिक्षण  दाङमा हुने 

दाङ लगायत देश ५ का ३ स्थानमा कोरोना भाइरस (कोभिड(१९) को परीक्षण गर्ने प्रयोगशाला बन्दैछन् । 
दाङ,नेपालगञ्ज र रुपन्देहीको भैरहवामा कोभिड १९ जाँच गर्ने प्रयोगशाला बन्न शुरु गरीएको हो । दाङ र नेपालगञ्जका प्रयोगशाला प्रदेश सरकारको बजेटमा बन्ने छन् भने भैरहवामा संघीय सरकारको बजेटमा बन्न लागेको हो । 
भैरहवाको प्रयोगशालामा आवश्यक उपकरणहरु केही आइसकेको र केही ल्याउने क्रममा रहेकाले एक साताभित्र सञ्चालनमा आउने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले बताउनुभयो ।
जीवाणुहरु कोठाभित्र फैलिन नदिने बायोसेफ्टी क्याबिनेट आइसक्यो, पोर्टेबल पीसीआर र रियल टाइम पीसीआर, परीक्षण किट, रिएजेन्ट (रसायन) पनि बुधबार आउँदैछन्,’ निर्देशक गिरीले भन्नुुुुभयो ‘बढीमा एक हप्ता र छिटोमा पाँच दिनभित्रै कोरोनाको जाँच यहीँबाट हुन्छ ।’
प्रयोगशाला सञ्चालनबारे सिकाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तीन जना विज्ञ पनि आउने उहाले बताउनुभयो  । प्रदेशभित्र कोरोनाको जाँच गर्ने प्रयोगशाला नहुँदा आइसोलेसन अस्पतालमा भर्ना भएका बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता छ ।
कोभिड १९ को नमुना परीक्षण मात्र गर्नेगरी स्थापना हुन लागेको प्रयोगशालालाई भविष्यमा प्रदेशस्तरको बीएसएल लेभल २ स्तरको बनाउन सकिने उहाले बताउनुभयोए । 
यो सँगै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना प्रयोगशाला स्थापनाको काम अघि बढेको डा. गिरीले बताउनुभयो । ‘तीन ठाउँमै प्रयोगशाला स्थापनाको काम अघि बढेपनि भैरहवाको प्रयोगशाला पहिला सञ्चालनमा आउँछ,’ उहाले बताउनुभयो ।
प्रयोगशाला सञ्चालनमा आएपछि कोरोना संक्रमित बिरामीले छिटो उपचार पाउनेछन् ।’
सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले भैरहवामा बन्दै गरेको प्रयोगशाला प्रदेश स्तरीय प्रयोगशाला हुने बताउनुभयो । भविष्यमा यसले १२ वटै जिल्लाका सरकारी र निजी क्षेत्रका प्रयोगशालाहरुको गुणस्तरको अनुगमन र स्तरवृद्धि लगायतका काम गर्नसक्ने उहाले बताउनुभयो ।                                             दाङका २ सय ९५ वटा बेड तयार 
कोराना भाईरस संक्रमणको उपचारका लागि दाङमा चैत १८ गते सम्म २ सय ९५ वटा बेड तयार गरीएको छ । ती बेडमा २६ जना पुरुषलाई राखिएको छ । मंगलबार सम्म ५ जना घर फर्किएका छन् । जिल्लामा आईसेलेसन बेड १ सय ६६ वटा छन् । आईसेलेसनमा २ जना महिला र ५ जना पुरुषलाई भर्ना गरीएको छ । भर्ना भएका मध्ये १६ जना आईसेलेसनमाबाट १९ जना घर फर्किएका छन् । कोरोना भाईरस संक्रमणको आंशका गरीएका मध्ये १६ जनाको दाङमा स्वाव संकलन गरीएको छ । स्वाव परिक्षण भने ११ जनाको गरीएको छ । जिल्लामा ७२ वटा पी.पी.ई. स्वास्थ्य सुरक्षका लागि प्रयोग गरिने सामाग्री रहेको बिपत ब्यबस्थापन समन्वय समिति दाङले जनाएको छ ।
                                                             रेडक्रसले सहकार्य गर्ने 
 कोभिट १९ कोरोना नियन्त्रणमा दाङका स्थानिय सरकारलाई आबस्यक सहयोगको लागि नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा दाङले जिल्लाका दशवटै स्थानिय सरकार संग आवस्यक समन्वय र सम्पर्क रही सहयोग गर्ने जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले कोरोना नियन्त्रणको लागि सरकारले देशैभरी लकडाउन घोषणा गरेको र आम नागरिकलाई आफ्नो घरभित्रैबसी सरकारको कोरना नियन्त्रण अभियानमा पुर्ण रुपमा सहयोग पुराउन पनि सवैलाई आग्रह समेत गरेको छ ।
रेडक्रस दाङ शाखा सभापति नारायण आर्चायको अध्यक्षतामा बुधबार तुलसीपुरमा बसेको बैठकले दाङमा रहेका १० वटा स्थानिय सरकारको सम्पर्कमा रही आवस्यक सहयोग पुराउन बिभिन्न व्यक्तिलाई जिम्मेवारी समेत दिएको छ ।
जस अनुसार जिल्लाभरीको आबस्यक गतिबिधि अनुगमन र सहयोगको लागि जिल्ला शाखाका दाङका मन्त्रि प्रकाश श्रिवन्द संयोजक रहने कमिटिमा दंगीशरण गाँउपालिकाको लागि प्रकाश डाँगी ववई गाँउपालिका र शान्तिनगर गाँउपालिकामा भरत वहादुर वली,शरदराज गिरि र नन्दलाल वली तुलसीपुर उपमहानगरपालिकाको लागि विश्राम अधिकारी,सन्तोष ढकाल,भिमलाल मरासिनी, शुसिल न्यौपाने र खेमराज विश्वकर्मा त्यस्तै घोराही उपमहानगरपालिकाको लागि थम्मन चौधरी,दिलिप न्यौपाने र मिनराज शर्मा लमही नगरपालिकामा मदन गौतम,थानेश्वर गैरे र मदन अधिकारी राप्ती गाँउपालिकामा गंगाराम भट्राई र प्रमोद पौडेल त्यस्तै गढवा र राजपुर गाँउपालिकाको लागि शंकर पाण्डे , दिपक कुमार यादव र पुस्पा यादवलार्ई सम्पर्क ब्यक्तिलाई जिम्मेवारी दिने निर्णय गरेको छ । 
सम्पर्क ब्ययक्तिको रुपमा जिम्मेवारी तोकिएका ब्यक्ततिहरुले तोकिएको स्थानिय सरकार संग सम्पर्क र समन्वयमा रही स्थानिय सरकारलाई आवस्यक सहयोग पुराउन र स्थानिय तहमा भए गरेका बिभिन्न गतिबिधिहरु जिल्ला शाखा दाङमा तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ ।
यस्तै,बिश्वभरी कोरोना प्रभावको कारण पछिल्नो समय रगत अभावको समस्या समेत देखिन थालेको र त्यसको असर नेपालमा समेत देखीएकोले दाङ जिल्लामा रहेको घोराही र तुलसीपुरमा रहेका रक्तसंचार केन्द्रहरुमा रगत अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय संग आवश्यक समन्वय गरि बिभिन्न गतिबिधिहरु संचालन गरी जिल्लामा रगत अभाव हुन नदिने निर्णय समेत निर्णय गरिएको दाङ रेडक्रसका मन्त्रि प्रकाश श्रीवन्दले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस