स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री

कोरोना भाईरस संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग गरिने सामाग्री लायन्स क्लवले आज आईतबार बितरण गरेको छ । लायन्स क्लव डिष्ट्रीक ३२५ले उपलब्ध गराएको पी.पी.ईं. र सेनीटाईजर लाईन्स क्लव अफ दाङ र लायन्स क्लव अफ तुलसीपुरले बितरण गरेका हुन । एक सय पिस सेनिटाईजर र १६ पिस पी.पी.ई. प्राप्त भएकोमा ५० पिस सेनिटाईजर राप्ती प्रादेशीक अस्पताललाई र ५० पिस राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएको लायन्स क्लव अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै १६ पिस पी.पी.ई मध्येमा ८ पिस राप्ती प्रादेशीक अस्पताल र ८ पिस राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई उपलब्ध गराईएको अध्यक्ष के.सी.ले बताउनुभयो ।
संक्रमित ब्यक्तिको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले प्रयोग गर्नैपर्ने स्वास्थ्य सामाग्रीको अभावमा स्वास्थ्यकर्मीको मनोवल कम्जोर भएको थियो । आफू सुरक्षित हुन नसक्ने अबस्थामा अरुको स्वास्थ्य उपचारमा खटिनुपर्दा निराश भएका थिए । सुरक्षित रुपमा नरहेका भनिएका स्वास्थ्यकर्मीहरुका लागि सेनीटाईजर र पी.पी.ईं प्राप्त भएपछि अव सहज हुने भएको छ । राप्ती प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डीयन सर्बेश शर्मा र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन बसन्त लामिछानेलाई हस्तान्तरण गरिएको हो ।
 

प्रतिकृया दिनुहोस