दाङमा १४ जना आईसुलेसनमा नेगेटीभ रिर्पोट पछि ६ जना घर फिर्ता

दाङमा १४ जना ब्यक्तिलाई आईसुलेसनमा भर्ना गरिएको छ भने जिल्लाका बिभिन्न स्थानका ६ जनाको चेकजाँच रिपोर्टकको आधारमा होम क्वारेन्टाईनमा बस्न घर फिर्ता पठाईएको छ । 
शनिबार सम्म दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भातरको चण्डीगडबाट आएका घोराही उपमहानगरपालिका वडा नम्वर १४का एक जना,भारतको केरलाबाट आएका गढवा गाँउपालिका वडा नम्वर ७ सेम्रीका २ जना,भारतको मद्रासबाट आएका गढवा गाँउपालिका वडा नम्वर १ का एकजनालाई बुटवल प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको छ । 
त्यस्तै भारको केरलाबाट आएका घोराही उपमहानगरपालिका वडा नम्वर १८ फुर्सेखालीका एक जनालाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कतारबाट आएका ववई गाँउपालिका वडा नम्वर २ ट्वाङखोलाका र राजपुर गाँउपालिका वडा नम्वर ८ का एक एक जना बेलझुण्डी स्थित आईसोलेशन वार्डमा भर्ना गरिएको छ । 
भारतको दिल्लीबाट घोराही उपमहानगरपालिका वडा नम्वर ४का एक जना,भारतको गुजरातबाट आएकका बंगलाचुली गाँउपालिका वडा नम्वर ८ का ६ जना र घोराही उपमहानगरपालिका वडा नम्वर ५ का भारतबाट आएका अर्का एक जना 
लाई पनि बेलझुण्डी स्थीत कोरोना अस्पतालको आईसुलेसन कक्षमा भर्ना गरिएको छ । यस्तै, होम क्वारेन्टाईनमा गढवाका एक जना, गत चैत ५ गते कतारको हवाई सेवाबाट आएका शान्ति नगरका एक जना,घोराही उपमहानगरपालिका वडा नम्वर ३ बरगदुवा र वडा नम्वर १५ का एक जनाको स्वाब तथा रगत चेकजाँच नेगेटिभ रिपोर्ट आएकाले होम क्वारेन्टाईनमा घर पठाईएको छ । 
त्यस्तै बंगलाचुली गाँउपालिका वडा नम्वर ८ का एक जना र सोही गाँउपालिका वडा नम्वर ११का एक जनाको बेलझुण्डी स्थित आईसुलेसमा चेकजाँच गरी नेगेटीभ देखिएकाले होम क्वारेन्टाईनको लागि घर पठाईएको जिल्ला बिपत ब्यबस्थापन समितिलिे जनाएको छ ।

                               कोरोना भाईरसबाट जोगिने तर भोगले मरिने डर 

कोरोना भाईरस संक्रमणबाट बँच्न प्रयत्न गरीरहेका नागरिकहरुलाई दैनिक खर्च कसरी टार्ने भन्ने चिन्ताले पिरोलेको छ । कामकाज ठप्प भएपछि आम्दानीको श्रोत पनि बन्द भएको छ । दैनिक आबश्यक पर्ने उपभोग्य बस्तु गर्ने पर्ने तर रकमको जोहो गर्ने पर्ने भएकाले  पनि मानिस आतिन थालेका छन् । चैत ११ गतेदेखि लक डाउन(एकान्त बास) सरकारले आह्वान गरेदेखि ब्यबसाय ठप्प भएको राप्ती खुकुरी उद्योगका सञ्चालक मनिराम बिश्वकर्माले बताउनुहुन्छ । झण्डै एक हप्ता पुग्न थाल्यो,कामकाज ठप्प भएको छ,उहाँ भन्नुहुन्छ । तर कोरोना भाईरसको संक्रमणबाट बाँच्ने तरिका पनि अपनाउनु प¥यो उहाँले भन्नुहुन्छ । 
परिवार सहित डेरा गरि तुलसीपुरमा बसेका शेरचन गिरीले कारोना भाईरसको संक्रमणबाट कसरी सुरक्षित हुने भन्ने बारे परिवारलाई जानकारी दिने गरेको बताउनुभयो । 
तुलसीपुर उपहानगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत गिरीले श्रीमति,छोरा र छोरीलाई मात्र भाईरस संक्रमणबाट सुरक्षित राख्ने जिम्मेवारी मात्र नभई नागरिकहरुका लागि सचेतना दिने जिम्मेवारी भएकाले दिनरात खटिनुपर्ने अबस्था रहेको बताउनुभयो । 
तुलसीपुरमा ब्यबसाय गरी बसेकी सीतला बिश्वकर्मालाई दुई जनाको दैनिक दुई छाक टार्न पनि सकस हुन थालेको बताउनुहुन्छ । चामल,दाल र तरकारी कोठमा सकिने थालि सक्यो,कहिले सम्म कोरोना भाईरस सकिएला उहा भन्नुहुन्छ । उहाँलाई मास्क र सफासुँघर भएर बस्नु पर्छ भन्ने बारेमा भने राम्रोसित जानकारी छ । बुढाबुढी दुवैले मास्क लगाउछौ, कोरोना भाईरसबाट बँच्नु त प¥यो नि उहाले भन्नुहुन्छ । बिपतका बखत खटिने नेपाल रेडक्रस सोसाईटीले स्वास्थ्य संघ संस्था र जनप्रतिनिधि लगायतको सहकार्यमा कारोनाको भाईरसको संक्रमण हुनबाट नागरिकलाई जोगिन चेतनामूलक कार्यक्रम र केही स्वास्थ्य सामाग्री साथमा लिई फिल्डमा खटिएको दाङ शाखाका प्रशासकिय अधिकृत बिश्राम अधिकारीले बताउनुभयो । 
मनोबिर्मश (काउन्सीलिङ) गर्ने काम गरीरहेको नेपाल रेडक्रस सोसाईटी दाङका सदस्य एबम मानव अधिकार तथा शान्ति समाजका सदस्य भीमलाल मरासीनिले बताउनुभयो । 
कोरोना भाईरसको संक्रमणले बिश्वब्यापि महामारीको रुप लिईरहेको अबस्थामा भारत लगायत बिदेशका बिभिन्न स्थानबाट हालै घर फर्किएका मानिसलाई समूदायमा हेराईमा फरक भएकाले उक्त समूदायमा पुगि मनोबिर्मश र केही चेतनामूलक सामाग्री बितरण गर्ने कार्य भई रहेको मरासीनिले बताउनुभयो ।
बिदेशबाट आएका नागरिकले पनि आफु पनि बाँच्ने र अरुलाई पनि बाँचाउने गरि होम क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ । तर त्यसो नगर्दा समूदायमा समन्ध सुधार भन्दा पनि बिग्रने अबस्था सृजना हुने हो कि भन्ने आशका गरिएको छ ।

                             रमाउन थाले एकान्तबासमा 
एकान्तको बासको अनुभव नगरेकाहरुका लागि शुरुका दिनमा डर त्रास र चिन्ताले सताएको थियो । तर चैत ११ गते देखि १८ गते सम्म लागु गरीएको लकडाउन अर्थात मानिसमा एकान्तको बसाई बिस्तारै बानी पर्दै गएको छ । चिनबाट शुरु भएको कोरोनो भाईरस मानिसकबाट मानिसमा सर्ने भएकाले नजिकै बस्ने र घुलमिल हुने बानीमा सुधार हुर्दै गएको  छ । 
यसकिसीमको बसाई जीवनमा कहिले पनि अनुभव नगरेका नागरिकमा शुरुका दिनमा निकै सकस भएको थियो तर बिस्तारै बानी पर्दै गएका छन् । 
बिभिन्न घटनाक्रममा परिस्थीतिलाई सामान्य बनाउन कफ्यू,निषेधाज्ञा सरकारले लगाउने गरेको छ । तर मानिसलाई एकान्तमा बस्ने –लक डाउन)को बसाईको अनूभव नेपालीले मात्र होइन कोरोना भाईरस संक्रमण भएका बिश्वका झण्डै २ सय देशले लागु गरेका छन् । 
चिनले कडाईका साथ लगडाउनलाई कार्यान्वयन ग¥यो,भाईरस संक्रमणमा न्यूनिकरण हुदै गयो तर ईटली लगायतका देशमा लगडानलाई भने बेवास्ता शुरुमा गर्दा अहिले भने अबस्था नियन्त्रण देखि बाहिर गईरहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ । 
सरसफाई र एकान्त बसाईले भाईरस संक्रमणबाट बँच्न र बचाँउन सकिने भन्दै नेपाल सरकारले पनि गत चैत ११ गतेदेखि १८ गते सम्म लक डाउन आह्वान गरेको छ । 
धनगढी,बाग्लुङमा एक एक जना र काठमाण्डौमा ३ गरि हालसम्म ५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । एक युवक भने उपचार पछि घर फर्कि सकेका छन् । 

प्रतिकृया दिनुहोस