पहिलो चरणको लकडाउनको समय भोलि सकिँदै, बिरामी संख्या बढ्दै गएपछि लकडाउनको समय थप गर्ने तैयारीमा सरकार

सरकारले घोषणा गरेको पहिलो चरणको लकडाउनको समय भोलि सकिँदै गर्दा सरकारले लकडाउनको समय थप गर्ने तैयारी गरेको छ । देशमा कोरोना भाइसर संक्रमण बिरामीको सङख्या बढिरहेकोले समय थप गर्न लागिएको सरकारका मन्त्रीहरुले वताउन थालका छन् । 
अहिलेसम्म पाँच जनामा संक्रमण देखिसकेको छ। संक्रमण देखिएका पाँचै जना विदेशबाट आएको खुलेको छ। भोलिबाट सरकारले लकडाउनको समय थप्ने तयारी गरिरहेको छ।

उच्चस्तरीय समन्वय समितिमा केही दिनदेखि लकडाउनको समय थप गर्ने विषयमा छलफल भइरहेको छ। अब दोस्रो चरणमा सात दिन वा एकैचोटी दुई साता थप्ने विषयमा छलफल भइरहेको समितिका एक मन्त्रीले जानकारी दिए।

ुसमय थपिन्छ। हामी कति दिनको विषयमा छलफल गरिरहेका छौं, एक मन्त्रीले  भने।

संक्रमण देखिए सबै बिरामी विदेशबाट आएको खुलेको छ। कतार, फ्रान्स, चीन, बेल्जियम, दुवईबाट आएकाहरु संक्रमण भेटिएको हो। उनीहरुसँगै विमानमा आएका करिब ८ सय जनालाई पनि संक्रमण हुन सक्ने आशंका भएपछि प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। त्यसैले पनि अहिलेको लकडाउन समय बढाएर संक्रमणको पहिचान गर्ने तयारी गरिरहेको छ।

भारतमा पनि अहिले लकडाउन जारी छ। भारतले तीन साताको लागि लकडाउन घोषणा गरेको छ। त्यसैले पनि अहिले भारतको लकडाउन जति नै समय पुर्‍याउने तयारी भएको हो।

ुएक साता वा भारतको जति नै लकडाउनको समय लम्बिन सक्छ, ती मन्त्रीले भने।

यता प्रहरीले पनि लकडाउन लम्बिने सूचना पाएपछि सुरक्षा तयारी मिलाइरहेको छ। लकडाउनको समय बढ्दा मानिस घर बस्ने धैर्यता गुमाउनेको सम्भावना भएकाले कडा तयारी गरिरहेको छ।

"हामीलाई लकडाउन लम्बिने जानकारी आएको छ। त्यसैले सुरक्षाको थप तयारी गरिरहेका छौं," एक उच्च प्रहरी अधिकारीले भने। तर, अहिलेसम्म यति नै समय थपिने भन्ने नभएको उनले बताए।

लकडाउनको समय थपिने भएपछि अत्यआवश्यक बस्तुहरुको कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको छ। त्यसैले नाकामा खाद्य सामाग्री तथा अत्यआवश्यक बस्तु बोकेका सवारीलाई प्रवेश दिएको छ।

प्रतिकृया दिनुहोस