सम्झनालाई एसिड प्रहार गर्नेमाथि कडा कारवाहीको माग

काठमाडौँ–राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अनिलकुमार झाले सम्झाना दासमाथि एसिड प्रहार गर्नेलाई काडा कारवाही हुनुपर्ने माग गरेका छन् । 

रौतहटी सम्झना दास दिदीवहिनीमाथि भदौ २६ गते एसिड प्रहार भएको थियो । जसमा सम्झनाको उपचारको क्रममा सम्झनाको मृत्यु भएको छ भनेको उनको दिदीको उपचार जारी रहेको छ । 

रौतहटको गौरस्थित विपी चोकमा मधेस मिडिया प्रालीले आयोजना गरेको श्रद्धाञ्जलीका लागि आयोजित दीप प्रज्वलित कार्यक्रममा बोल्दै झाले मृतक परिवारलाई सरकारबाट क्षतिपूर्ति दिलाउन आफूले प्रयास गर्ने प्रतिवद्धता समेत जनाए । 

उनले भने, ‘सम्झना दाससँग भएको घटनाले सम्पूर्ण समाजले पाठ सिक्नुपर्छ । कुनैपनि व्यक्तिले आफूसँग गलत व्यवहार अथवा शंकास्पद क्रियाकलाप गर्न खोजे नजिकको शुरक्षा निकायलाई जानकारी गराउनुपर्छ ।’

सोही कार्यक्रममा बोल्दै प्रदेश २ का प्रदेशसभा सदस्य रामकिशोर यादवले पनि दोषीलाई कडा कारवाही गर्नुपर्ने माग गरे । सम्झना दिदी वहिनीमाथि एसिड फ्यालेको आरोपमा पक्राउ गरेको रामबाबु पासवानलाई कडा कारवाही गर्नुका साथै पीडित परिवारलाई सरकारबाट उचित राहतको व्यवस्था हुनुपर्ने उनले माग गरे । 

कार्यक्रममा डा।शेख कौशर आलम, खानेपानी तथा डिभिजन कार्यालय गौरका प्रमुख अनिल प्रसाद केसरी, नेपाल तरुण दल रौतहट सभापति मो। नौशाद आलम, युवा नेता प्रकाश सिंह, समाजसेवी मिथिलेश झा, राजपा नेपालका अनिल कुमार सिंह लगायतका नेताहरुको उपस्थिति मधेस मिडिया प्रा।लि।का अध्यक्ष एवं समाजसेवी अभिमनु कुमार पटेलले जानकारी दिए । 

प्रतिकृया दिनुहोस