घोराही कारागारमा बिद्यालय सञ्चालन

कारागार शाखा घोराहीलाई ज्ञानज्योति बिद्यालय नामाकरण गरी कैदीलाई पढाउन शुरु गरिएको छ । ३० जना कैदीबन्दीले बिद्यार्थीको रुपमा नियमित अध्ययन गरीरहेको कारागार शाखाले जनाएको छ । कैदीबन्दीहरुलाई शिक्षादिने उदेश्यले कारागारमा बिद्यालय स्थापना गरीएको हो । कारागार शाखा घोराहीमा क्षमता ७० जनाको भएपनि क्षमता भन्दा धेरै ३०६ जना कैदीबन्दी छन । अंग्रेजी र नेपाली भाषाको कक्षा कारगारमा स्थापना गरीएको उक्त बिद्यालयमा पढाईन्छ ।
टिनले बारेको सानो कोठाको भित्तामा नेपाली बर्णमाला टाँगिएको छ । कारागार भीत्रको कक्षा कोठालाई सजाएको छ ।
ठुलो पर्खाल भित्रको कारगारको उक्त कक्षा कोठामा अध्ययन गर्ने बिद्यार्थीको कमी पनि छैन् । अटाई नअटाई केहि पढ्न चाहाने युवाहरुले केहि लेख्दै छन भने एक जना शिक्षक युवकले पढाछन् । पढन आउने मध्ये लामो कैद सजाय र जरिमाना र तोकिएका र केही भर्खरै सजाय र जरिमाना तोकिएका कैदी छन् ।
कारणबस घटनामा संलग्न भई कैद भुक्तानी गर्दा पढ्न नपाएकाहरुका लागि कारागार भित्र सञ्चालन गरीएको ज्ञानज्योति बिद्यालय बरादान साबित भएको नेपाली बिषय अध्ययन गरीरहेका कैदी रेशमबहादुर बुढाथोकीले बताउनुभयो । बिगत १२ बर्षदेखि कैदीको जीवन काटिरहेका अग्रेजी बिषयमा अध्ययनरत कैदी प्रेम चौधरी पनि कारागारमा पढ्न पाउने अवसर प्राप्त भएकाले खुसी हुनुहुन्छ । पढ्न नपाएका ६५ बर्षिय अम्मरबहादुर यादवले कागजपत्रमा ल्याप्चे लगाउने बाध्यता थियो । तर कारगार भित्र पढ्न शुरु गरेपछि हस्ताक्षर गर्न सक्ने र हिसाव किताव गर्न सक्ने हुनुभएको छ ।
जितबहादुर महराले भन्नुभयो,बिगतमा गरेको गल्तीलाई अव पढाई गरेर नैतिकबान बन्ने चाहना छ ।
अनौपचारीक शिक्षा दिनका लागि कारागार भित्र बिद्यालय स्थापना गरीएको कारागार शाखा घोराहीका प्रमुख(जेलर) बिष्णुप्रसाद पाण्डेले बताउनुभयो ।
शिक्षक पनि कम्तीमा प्रबिणता प्रमाण पत्र तह सम्म पढेका कैदी मध्येबाट शिक्षकको जिम्मेवारी दिएको पाण्डेले जानकारी दिनुभयो ।
शिक्षकको जिम्मेवारी पाएका कैदी प्रकाश परियारले गरेको गल्तिको सजाय भोग्न कारागारमा बन्दी जिवन बिताइरहदा आफुले पाएको अवसरलाई खुशी लागेको बताउनुभयो । अंग्रेजी भाषाको शिक्षाको जिम्मेवारी पाएका मानबहादुर नेपालीले पनि आफु सँग भएको सीपलाई सदुपयोग गर्ने बताउनुभयो ।
पढाउने शिक्षकले तलव नपाएपनि बार्षिक २ महिना कैद मिनाहा गरीदिने ब्यबस्था मिलाइएको कारागार शाखाले जनाएको छ । 
दाङको घोराही कारागार भित्र करीव ५ प्रतिशत स्नातक तह सम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेका र बाँकी सबै निरक्षर छन । 
यसरी संचालित कक्षाबाट कैदिबन्दिले समयको सदुपयोगका साथै ज्ञान प्राप्त गर्ने अवसर समेत पाएका छन । 
 

प्रतिकृया दिनुहोस