माबि तुलसीपुर सेन्टरको ४९ औ बार्षिकत्सव

माध्यामिक बिद्यालय तुलसीपुर सेन्टरको ४९ औ बार्षिकत्सव आज मंगलबार बिशेष कार्यक्रमका साथ मनाईएको छ । २०२७ साल स्थापना भएको माबि तुलसीपुर सेन्टरले २०६३ सालदेखि कक्षा ९ सम्म पढाई शुरु गरेको थियो । 
२०६५ सालमा एसएलसी र २०७३ सालदेखि प्राबिधिक शिक्षा पनि शुरु गरेको छ । हाल आईटी,ईलिक्ट्रीकल लगायतका कक्षा सञ्चालन भईरहेका बिद्यालयका प्रधानाध्यापक भागवत पौड्ेलले जानकारी दिनुभयो । 
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले माबि तुलसीपुर सेन्टर नमुना बिद्यालयको रुपमा बिकास भईरहेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाले भन्नुभयो,शैक्षिक गन्तब्यको केन्द्रको रुपमा तुलसीपुर उपमहानगरपालिकालाई गराउने चाहना पुरा यसैगरि हुने आशा ब्यक्त गर्नुभयो । 
तर उहाले भन्नुभयो बिद्यालयले बिभिन्न बाहनामा बिद्यार्थीहरुसँग शुल्क भने लिन पाउने छैनन् ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज बिश्वकर्मा,वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एंव पत्रकार सुशील बस्नेत,नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष योगराज खत्री,अखिल नेपाल शिक्षक संगठनका नारायण भण्डारी,माबि तुलसीपुर सेन्टरका पूर्ब प्रधानाध्यापक नारायणप्रसाद लामिछाने,पूर्ब अध्यक्ष देवराज आचार्य,बाल क्लवका अध्यक्ष आर ए बिक लगायतले बिद्यालयमा भई रहेको भौतिक,शैक्षिक र वालमैत्री शिक्षण सिकाईको चर्चा गर्नुभएको थियो ।
त्यसअवसरमा अक्षय कोष स्थापना गर्नुभएका टीकाराम कँडेल र रुमा कँडेल,प्रेम शाह, ढुण्डीप्रसाद अधिकारी, बिद्यालयका संस्थापक स्वर्गीय घनश्याम धितालका छोरा झग्गु धिताल,स्वर्गीय ताराप्रसाद रजौरेका छोरा शालिकराम रजौरे, बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष देवराज रजौरे र गोबिन्द रजौरे लाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षक देवनारायण चौधरी र शिक्षीका बिनीता थापालाई सम्मान गरीएको थियो ।
त्यसअवसरमा वाटर कन्ट्रोल सिस्टम,लाईट,लेजर होम सेक्युरिटी,अटो अन अफ मोटर लगायतका बिज्ञान तथा प्रबिधिको प्रर्दशनी गरिएको थियो ।
त्यस्तै शिक्षीका र बिद्यार्थीहरुको नृत्य तथा सांङगीति  प्रस्तुति रहेको थियो ।
बिद्यालयका शिक्षक प्रतिनिधि नरेश वलीले स्वागत मन्तब्य र सहजिकरण शिक्षक भोलाप्रसाद पौड्ेल  र शिक्षिका रमा आचार्यले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस