चितुवाको छाला र लागु औषध सहित ५ जना दाङका पक्राउ

घोराही र तुलसीपुरका बिभिन्न स्थानबाट गैरकानुनी रुपमा लागु औषध र चितुवाको छालाको कारोवार गर्ने ५ जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ सितलपुरमा लागु औषध चरेस साथमा लिई हिड्ेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ किलो ५ सय ग्राम लागु औषध सहित रुकुम मुसिकोट नगरपालिका वडा नम्वर २ रातामाटाका २१ बर्षिय अनिल पुन मगर,रुकुम आठबिसकोट ९ का २८ बर्षिय भिमबहादुर सार्की र रुुकुम मुुसिकोट ६ का ४० बर्षिय बाहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमित खड््काले जानकारी दिनुभयो । उनीहरुका बिरुद्ध आबश्यक अनुसन्धान प्रक्रिया शुरु भएको प्रहरीले जनाएको छ ।
चितुवाको छाला सहित २ जना घोराहीबाट पक्राउ परेका छन् । दंगिशरण गाउपालिका १ का २४ बर्षिय चेतबहादुर पुन र सोही ठाँय बस्ने २४ बर्षिय सौगात घर्तीलाई घोराही उपमहानगरपालिका वडा नम्वर १४ बसपार्कबाट चितुवाको छाला सहित पक्राउ गरिएको हो । उनीहरुले बोकेको झोलामा लुकाई राखेको टाउँको(बंगरा) देखि पुच्छर सम्मको पुरै भाग भएको चितुवाको छाला फेला परेको हो । उनीहरुका बिरुद्ध आबश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस