कुष्ठरोगका बिरामी दाङमा ३३ जना,सबैभन्दा बढी घोराहीमा

दाङमा ३३ जना कुष्ठरोगका संक्रमित रहेको छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार ३० जना सर्ने र ३ जना नसर्ने जिवाणुबाट ग्रसित कुष्ठरोगी रहेका छन् । जसमा घोराहीमा १० जना, लमहीमा ७, तुलसीपुरमा ५, सिसनियामा १, राजपुरमा १, शान्तीनगरमा १, गढवामा ४ जना, राप्ती गाउँपालिकामा ४ जना संक्रमित देखिएका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालयका कुष्ठरोग फोकलपर्सन डम्वर कवरका अनुसार अहिले जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा कुष्ठरोगको औषधी निशुल्क पाइने गरेको वताउनुभयो । कुष्ठरोग छिट्टै पत्ता लाग्ने, औषधी खाएमा चाडो निको हुने रोग हो । तर व्यक्तीहरुको स्वास्थ्यप्रतिको लापरवाहीले गर्दा कुष्ठरोग जिल्लाबाट निर्मुल हुन सकेको छैन । स्वास्थ्यकर्मीहरुका अनुसार सर्ने खालको कुष्ठरोग भए एक बर्ष र नसर्ने खालको भए ६ महिनासम्म औषधी खाएमा निको हुन्छ । पछिल्लो समय कुष्ठरोगबाट तराईका जिल्लाहरु बढी प्रभावित देखिएका छन् । 
जनस्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले कुष्ठरोगलाई समयमै उपचार गरे यसबाट दीर्घकालिन रुपमा हुने हानी वा अपांगता जस्तो जटिल समस्याबाट बच्न सकिने वताउनुभयो । प्रदेश नम्वर ५ का बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीमा कुष्ठरोग बढी देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस