बिद्युत मिटरको निबेदन प्रक्रिया प्रभाबकारि बनाउन नेबिसंघको आग्रह

नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र तुलसीपुरले बिधुत मिटर बितरण गर्ने समयलाई प्रभाबकारि बनाउन नेबिसंघले आग्रह गरेको छ । प्राधिकरणले हप्ताको सोमबार एक दिन मात्र बिधुत मिटरको निबेदन दर्ता गर्ने र प्रक्रियालाई अगाडी बढाउने कार्य गर्दै आएको छ । तर एक दिन मात्र मिटरका लागि निबेदन दर्ता र प्रक्रियाको काम गर्दा सेवाग्राहीहरुले प्रभाबकारी सेवा पाउन नसक्ने भएकाले हप्तामा ६ दिन नभएपनि कम्तिमा २ दिन गराउनुपर्ने माग गरीएको नेबिसंघ अनील कार्कीले जानकारी दिनुभयो । 
पश्चिम दाङको बबई गाँउपालिकाका सेवाग्राही समेत आउने गरेको तर सोमबार मात्र बिधुत मिटर बितरणको काम गर्दा समस्या हुने गरेकोले नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र तुलसीपुरका प्रमुख (ईन्जीनियर) जगननाथ लामिछानेलाई आज मंगलबार आग्रह गरीएको नेता कार्कीले बताउनुभयो । 
कार्यालयमा पुगि यो सेवालाई थप प्रभाबकारी बनाउन आग्रह गरेका छौं प्राधिकरणले सकारात्मक रुपमा लिएको पायौं कार्कीले बताउनुभयो । 
प्राधिकरणका प्रमुख लामिछानेले यसबारेमा तयारी भई रहेको बताउनुभयो । एकदिनमै काम सकिने भएकाले पनि सोमबार एक दिन बिधुत मिटर बितरणको समय तोकिएको बताएका लामिछानेले हप्तामा सोमबार र बिहीबार दुुई दिन निबेदन दर्ता र मिटर बितरण प्रक्रियाको कामको तयारी भई रहेको बताउनुभयो । 
हप्ताको ६ दिन भने गराउन नसकिने उहाले बताउनुभयो । निबेदन दर्ता देखि सबै प्रक्रिया पुरा गर्नुपर्ने बिधुत मिटर जडान गर्न जार्दा कमर्चारीले भ्याउन नसक्ने जिकिर गर्नुभयो । 
प्राधिकरण तुलसीपुर केन्द्रमा झण्डै ४४ हजार सेवाग्राही रहेका र ४८ जना कर्मचारीले सेवा दिदा करिव ८ सय सेवाग्राही बराबर एक जना कर्मचारीले काम गर्नुपर्ने अबस्था रहेको बताउनुभयो । माघ महिना कर्मचारीको सरुवा हुने महिना भएकाले आगामी दिनमा थप कर्मचारी आए माग अनुसारको सेवा दिने उहाले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस