राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी प्रदेश पाँचबाट ९ जनाको उम्मेदवारी दर्ता

आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी प्रदेश पाँचबाट दाङमा आईतवार ९ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश पाँचबाट तिन पदका लागी चार दलको तर्फबाट ९ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
जसमा महिला सदस्यका लागी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट बिमला घिमिरे, नेपाली काग्रेसको तर्फबाट गिरीजा न्यौपानेले मनोनयन दर्ता गराएकोनिर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । त्यस्तैगरी अपाङगता तथा अल्पसंख्यक सदस्यका लागी नेकपाको तर्फबाट जग प्रसाद शर्मा(अपार), काग्रेसबाट मेराज हलवाई र समाजबादी पार्टीको तर्फबाट सुनिल कुमार सिंङघल, अन्य पदका लागी नेकपाको तर्फबाट गोपाल भट्टराई, काग्रेसको तर्फबाट बालकृष्ण पाण्डे, समाजबादी पार्टीको तर्फबाट कृष्णप्रसाद अहिर र जनमोर्चाको तर्फबाट शिव प्रसाद पौडेलले मनोनयन दर्ता गराउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय दाङमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा विहान १० बजे देखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने समय तालिका रहेको थियो । आईतवार मनोनयन दर्ता गराएकाहरु विरुद्ध सोमवार विहान १० बजेदेखी दावी विरोध गर्न सकिने निर्वाचन अधिकृत थापाले जानकारी दिएका छन् । यस्तै मंगलवार मनोनयन दर्ता पत्र जाँचबुझ, बुधवार पुन उम्मेदवारको नाम प्रकाशित गर्ने, विहिवार उम्मेदवारले पिर्ता लिन सक्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोहि दिन चुनाव चिन्ह प्रदान गरिने कार्यतालिका रहेको छ ।
राष्ट्रियसभाका ५९ सदस्य मध्ये १९ जनाको आगामी फागुण २० गते पदावधि सकिदैछ । जसमा १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको राष्ट्रपतिबाट मनोनित गरिने छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानिय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष ÷उपाध्यक्षले मतदान गर्नेछन । प्रदेश पाँचमा ८७ जना प्रदेशसभा सदस्य र एक सय नौ स्थानिय तहका २ सय १८ गरि ३ सय ५ जना मतदाताले मतदान गर्नेछन । देशभरि २ हजार ५६ जनाले मतदान गर्नेछन ।
प्रदेशसभा सदस्य ५५० र स्थानिय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष ÷उपाध्यक्ष मतदाता भएपनि उनिहरुको मतभार भने फरक फरक हुनेछ । प्रदेशसभा सदष्यको एक मतलाई १८ मतभार दिईन्छ भने स्थानिय तहका मतलाई ४८ मतभार दिईन्छ भने स्थानिय तहको मतदाताको एक मतलाई १८ मतभार दिईन्छ ।

प्रतिकृया दिनुहोस