तुलसीपुर बसपार्कको उद्घाटन

तुलसीपुरको  आधुनिक वसपार्कको आज शुक्रबार उदघाटन गरिएको छ ।  प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बसपार्कको उद्घाटन गर्नुभएको हो । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडको लागतमा शिवशक्ति कन्स्ट्रक्सनले २ वर्ष लगाएर वसपार्क निर्माण गरीएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको वसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको इन्जिनियर पवन योगीले जानकारी दिनुभयो । आधुनिक वसपार्कमा यात्रु प्रतिक्षालय भवन, शौचालय,पसल, पार्क, सडक, टिकट काउन्टर, पेट्रोल पम्प, स्तपान कक्ष लगायतका रहेका छन् । 
ठेक्का प्रक्रिया पुरा भएर वसपार्क सञ्चालन हुन लागेको हो । बहुवर्षिय योजना अन्तर्गत पहिलो चरणको काम सकिए पनि अरु काम भने बाँकी नै रहेको छ ।
वसपार्कको उद्घाटन गर्दै मन्त्री पोख्रेलले जती छिटो काम सम्पन्न गर्न सक्यो त्यति नयाँ नँया योजना थपिने र ५ नम्वर प्रदेश विकसित हुदै जानेमा जोड दिनुभयो । 
उहाँले तुलसिपुरमा व्यवस्थित वसपार्क निर्माण भएकोले अव नागरिकका लागी पनी सहज हुने वताउनुभयो । 
उहाँले वसपार्क लाई एउटा राम्रो आम्दानीको स्रोत वनाउनुपर्ने र त्यसलाई संरचना निर्माण साथै सेवा सुविधामा लगाउनु सके अझ प्रभावकारी हुने वताउनुभयो । 
पोख्रेलले वसपार्क छेउमा रहेको पातुखोलामा वसेको वाक्लो वस्ति प्रती चिन्ता व्यक्त गर्दै वस्ति सुरक्षाका लागी प्रदेश सरकारले तटवन्ध निर्माणको काम अगाडि वढाएको वताउनुभयो ।
२०७४ वैशाखमा ठेक्का भएको वसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि केही समय अवरुद्ध भएको थियो । 
आधुनिक बसपार्क निमार्ण सँगसगै ब्यबस्थीत अटो भिलेज समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस