गणतन्त्रको स्थापनमा तुलसीपुरमा रक्तदान

गणतन्त्र राष्ट्रिय दैनिकको १३ औ बार्षिक उत्सवका अवसरमा आज बिहीबार तुलसीपुरमा रक्तदान कार्यक्रम गरीएको छ । बार्षिक उत्सवलाई मनाउने सन्र्दभमा आज बिहीबार कालिकादेवी रक्त सञ्चार केन्द्र तुलसीपुरमा रक्त दान कार्यक्रम गरीएको हो । रक्तदान कार्यक्रम अघि आयोजीत शुभकामना आदान प्रदान कार्यक्रम समेत गरीएको थियो । उक्त पत्रिकाका तुलसीपुर प्रतिनिधि यमकला भूषालको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेण्डीयन डाक्टर प्रदिप पोख्रेलले सञ्चार क्षेत्रले देश र नागरिकका लागि खेलेको भूमिकाको बारेको चर्चा गर्नुभएको थियो ।
सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजालले सामाजिक उत्तरदायित्व बहनमा गणतन्त्र राष्ट्रिय दैनिकले अहम भूमिका खेल्दै आएको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब एबम पत्रकार सुशील बस्नेतले राप्ती प्रादेशिक अस्पतालको बिकास र रक्त सञ्चार सेवाको सञ्चालनमा पत्रकार,नागरिक समाज, राजनीतिककर्मी, संघ संस्थाहरुको योगदानको स्मरण गर्नुभयो । श्रमजिबिहरुका लागि निर्धारण गरीएको न्यूनतम पारिश्रमीक अझै लागुहुन नसकेको गुनासो गर्नुभयो । उहाले स्थानिय तहबाट सञ्चार संस्थाहरुलाई हेर्ने दृष्टीकोण समान हुन नसकेको बताउनुभयो ।
त्यसअवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का सदस्य एबम पत्रकार सुरेश श्रेष्ठ,राष्ट्रिय समाचार समिति राप्तीका प्रमुख नारायणी रजौरे लगायतले सञ्चार क्षेत्रको भूमिका र गणतन्त्र राष्ट्रिय दैनिकको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार शरद रेग्मीेले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस