सम्बृद्धिका लागि भ्रमण बर्ष

प्रदेश नं ५ ले पर्यटन भ्रमण वर्ष २०२० को शुभारम्भ बाँकेबाट सुरु गरेको छ । मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार राति १२ बजे नेपालगन्जस्थित सिद्धार्थ होटलमा पर्यटन भ्रमण वर्ष २०२० को व्यानर खोलेर शुभारम्भ गर्नुभएको हो । भ्रमण वर्षको औपचारिक उद्घाटन बर्दिया राष्ट्रिय निकुन्जको ठाकुरबाबामा भएको छ । 
मुख्यमन्त्री पोख्रेलले आज बुधबार बिहानै बाँकेको राष्ट्रिय निकुन्जमा हात्ती सफारी गर्नुभयो । बाँके सबैभन्दा कान्छो राष्ट्रिय निकुन्ज हो ।
बाँके राष्ट्रिय निकुन्जमा पर्यटन वर्षलाई लक्षित गरी ‘खड्गवार हात्तिसार’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री पोख्रेलले बाँके राष्ट्रिय निकुन्जमा जंगल सफारी, होमस्टे, जंगल पद यात्रा, हात्ति सफारीलगायत प्राकृतिक दृश्यावलोकानका प्रशस्त सम्भावना रहेको बताउनुुभयो । बाँके जिल्ला भारतको सीमासँग जोडिएकाले भारतीय पर्यटक प्रशस्त बढाउन सकिने पोख्रेलले बताउनुभयो । परिवार सहित बेलाबखत घुमफिर गर्ने संस्कारको विकास गरेमा आन्तरिक पर्यटनमा टेवा पुग्ने पोख्रेलले बताउनुभयो । यताप्रदेशसभाका सभामुख पुर्णबहादुर घर्तीले दाङको समृद्धिका लागि पर्यटन क्षेत्र एक रहेको बताउनुभएको छ । 
बुधबारदेखि सुरु भएको भ्रमण बर्ष २०२० को उद्घाटन गर्दै सभामुख घर्तीले जिल्लाको समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपुर्ण रहेको चर्चा गर्दै सभामुख घर्तीले यसका लागि धार्मिक र साँस्कृतिक परम्पराको संरक्षण र ब्यबस्थित योजना निर्माण गर्न आबश्यक रहेको बताउनुभयो । जिल्ला समन्वय समिति तथा जिल्ला पर्यटन प्रबद्र्धन समितिले घोराही १३ बाह्रकुने क्षेत्रमा गरेको भ्रमण बर्षको उद्घाटन कार्यक्रममा सभामुख घर्तीले यसका लागि जिल्लामा क्रियासिल सबै निकायको भूमिका ठूलो हुने बताउनुभएको थियो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दाङ जिल्लामा धार्मिक, सांस्कृतिक तथा पर्यापर्यटकीय क्षेत्रको सम्भवना रहेको भन्दै सबै क्षेत्रको बिकासका लागि एकीकृत योजना बनाउनुपर्ने बताउनुभयो । यसैविच बुधबारदेखि दाङसहित देशभर विविध कार्यक्रम गरेर भ्रमण २०२० बर्षको सुभारम्भ भएको छ । 
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला पर्यटन प्रबद्र्धन समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनीधिसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख एवं प्रतिनीधि, पर्यटनसंग सरोकार राख्ने ब्यक्ति, स्थानीयबासीको सहभागीता रहेको थियो ।

यसैबिच,तुलसीपुर उपमहानगरपालिकाले १ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आज बुधबार राप्ती शान्ति उद्यानमा शुभारम्भ गरीएको   छ ।
भ्रमण बर्ष २०२० को नारा घुम्न जाउँ तुलसीपुर तय गरीएको नाराका साथ प्रदेश नम्वर ५ का सभामुख पूर्णवहादुर घर्तिले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुदै सभामुख घर्तीले सम्बृद्धिका लागि नेपाल भ्रमण बर्षले टेवा पुग्ने बताउनुभयो ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षताभएको कार्यक्रममा तुलसीपुर उमपहानगरपालिका वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसी,तुलसीपुर नगरस्तरीय पर्यटन प्रर्बद्धन समितिका संयोजक रुपबहादुर खत्री,नेपाल पत्रकार महासंघका सहसचिब सर्मीला डिसी लगायते सम्बोधन गर्नूभएको थियो ।
त्यसअवसरमा राप्ती शान्ति उद्यान तुलसीपुरका अध्यक्ष डिल्ली भण्डारीले स्वागत मन्तब्य र सहजीकरण नगरपालिकाका प्रेस संयोजक वसन्त आचार्यले गर्नभएको थियो । त्यसअघि शैक्षिक संस्था लगायत बिभिन्न संघ संस्थाको ¥यालिले बाजागाजा सहित तुलसीपुर बजारको परिक्रममा गरेको थियो । बजार परीक्रममा गरेको ¥यालि शान्ति पार्कमा सभामा परिणत भएको थियो । 
भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले वडा नम्वर ८ को वटोलपुर, वडा नम्वर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्वर ३ को राम्रीधामा,वडा नम्वर १९ को छिल्लीकोट लगायतका स्थानमा होमस्टे सञ्चालन गरेको छ । गणेशपुर पार्क, चमेरे गुफा लगायतका ठाउँमा पनि तयारी गरीएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस