तमु ल्होसार पर्व दाङमा पनि मनाईदै

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज मंगलबार तमु ’ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ ।
गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।
गण्डकी प्रदेशले  ’तमु ल्होसार’ मा सार्वजनिक बिदा दिएको छ ।  यसैबिच,तमू ल्होसारको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले ६ वटा वडाका शैक्षिक संस्थालाई आज मंगलबार एक दिन विदा दिएको   छ । गुरुङ जातिको उक्त पर्वको अवसरमा तुलसीपर उपमहानगरपालिका वडा नं. १, २, ४, ५,६ र ८ मा पर्ने शैक्षिक संस्थालाई विदा दिएको हो ।
 

प्रतिकृया दिनुहोस